२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा (फोटो फिचर)

शुक्रवार , माघ १३, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, १३ माघ  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दाको फैसला सुनाउने तयारीसँगै सर्वाेच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

    लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाउँदै दायर रिटमाथि शुक्रबार सुनुवाइ सकिएसँगै सर्वाेच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा बुधबार र शुक्रबार अन्तिम सुनुवाइ भएको छ । 

    सुनुवाइ सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेपछि अदालतमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।

    newskarkahna-news449812..jpg