२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

२३ माघमा राष्ट्रिय सभा उपाध्यक्षको चुनाव

शुक्रवार , माघ १३, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • काठमाडौं, १३ माघ । १३ माघ, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव यही २३ माघमा हुने भएको छ । 

    राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले २३ माघ सोमबार बिहान ११ः५९ बजे राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । 

    साथै उनले निर्वाचन कार्यक्रम प्रकाशित गर्न संघीय संसद  सचिवालयका महासचिव भरतराज गौतमलाई निर्देशन दिएका छन् । निर्देशनसँगै चुनावी तालिका पनि सार्वजनिक गरिएकाे छ । 

    योसँगै अब २१ फागुन २०७८ देखि रिक्त रहेको राष्ट्रिय सभाको उपाध्यक्षको पदपूर्ति हुने भएको छ ।