images

बिहिवार, बैशाख १३ गते २०८१

निर्वाचन समीक्षा प्रतिवेदन बुुझाउन कांग्रेस रुपन्देहीकोे परिपत्र

निर्वाचन समीक्षा प्रतिवेदन बुुझाउन कांग्रेस रुपन्देहीकोे परिपत्र

images
images
images
शुक्रवार, माघ १३ २०७९
शुक्रवार, माघ १३ २०७९
  • निर्वाचन समीक्षा प्रतिवेदन बुुझाउन कांग्रेस रुपन्देहीकोे परिपत्र

    भैरहवा, १३ माघ ।
    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा प्रतिवेदन तत्काल बुुझाउन नेपाली कांग्रेस रुपन्देहीले क्षेत्रीय समितिलाई परिपत्र गरेको छ ।निर्वाचनलगत्तै जिल्ला कार्यसमितिले क्षेत्रीय समितिमार्फत प्रदेश, नगर, गाउँपालिका हुँदै वडा तहमा बैठक गरी प्रतिवेदन तयार पार्ने र उक्त प्रतिवेदन जिल्लामा बुुझाउनुुपर्ने निर्णय गरेको थियो । तर, केही क्षेत्रबाट अझै पनि प्रतिवेदन नआएकाले शुक्रबार पार्टी कार्यालय भैरहवामा बसेको बैठकले यही माघ मसान्तभित्र पठाउन निर्देशन गर्दै पत्राचार गरेको सचिव हरी काफ्लेले जानकारी दिए । 

    images

    वडा हुँदै आएको समीक्षा तथा सुझावलाई जिल्ला कार्यसमितिमा छलफल गरिने छ । निर्वाचनमा भएका कमीकमजोरी सच्याउँदै अन्तरघात गर्नेलाई कारवाही गर्ने उद्देश्यले पार्टीले वडा तहसम्मै छलफल र बैठक हुने गरी समीक्षा प्रतिवेदन तयार पार्न लगाएको थियो ।

    त्यस्तै कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्वमा बसेको बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निर्धारित समयमै गराउन र सफल बनाउन क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा तयारी समिति समेत गठन गरेको छ । समितिमा सम्बन्धित क्षेत्रमा रहेका जिल्ला पदाधिकारी, सदस्य, प्रदेश सभापति, नगर तथा पालिका सभापति, वडा सभापति, जनप्रतिनिधि तथा पूर्व नेपाल विद्यार्थी संघ (नेविसंघ) सभापति लगायत रहने व्यवस्था गरिएको छ ।

    त्यस्तै यही माघ १६ गते कांग्रेस पार्टी कार्यालय भैरहवामा शहीद दिवस मनाउने निर्णय समेत भएको सभापति खाणले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij