२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

प्रधानमन्त्रीलाई भेट्न केपी ओली बालुवाटार पुगे

आइतवार , माघ १५, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुखख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । 

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । 

    गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेबाट प्रधानमन्त्रीमाथि दबाब सृजना भएको समाचार सार्वजनिक भइरहेका बेला ओली बालुवाटार पुगेका हुन् । 

    आइतबार अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर जिल्ला प्रशासन कार्यालय  काठमाडौंबाट लामिछानेले पुनः नागरिकताको प्रमाणपत्र बुझेपछि उनलाई फेरि गृहमन्त्री बनाउन एमालेले दबाब दिएको भनिएका बेला दुई शीर्षनेताबीच छलफल भएको हो ।