२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

संसद विघटनविरुद्ध जसपाले भैरहवामा निकाल्यो मसाल जुलुस

शनिवार , पौष ११, २०७७

भैरहवा, ११ पुस ।
संसद विघटनको विरोध गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) सिद्धार्थनगर समितिले भैरहवामा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध मसाल जुलुस निकालिएको जसपा सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जैसवालले बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडीदेखि सुरु भएको जुलुस मिलचोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा बोल्दै जसपा लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेल, सिद्धार्थनगर समिति अध्यक्ष अर्जुन प्रसाद जैसवाल, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध जसपा सशक्त रुपमा आन्दोलनमा उत्रिएको बताए ।