images

शुक्रवार, चैत्र १६ गते २०८०

माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने

माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने

images
images
images
सोमवार, माघ १६ २०७९
सोमवार, माघ १६ २०७९
  • माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने
    फाइल तस्विर

    काठमाडौं, १६ माघ ।

    images
    images
    images

    नेकपा (माओवादी केन्द्र) को आगामी बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुने भएको छ ।

    सोमबार बसेको पदाधिकारी बैठकले सोमबार र मंगलबार आन्तरिक तयारी गरेर बुधबार स्थायी समिति बैठक राख्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

    उनका अनुसार बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुनेछ । गृहमन्त्री सरकारको भएकाले कसलाई बनाउने भन्ने टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीको रहेको भन्दै उनले बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे पनि छलफल हुने जानकारी दिएका हुन् । 

    नेपाली नागरिकताले वैधानिकता नपाएपछि रवि लामिछाने पदमुक्त भएसँगै गृहमन्त्री पद रिक्त रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् । 

    तर, गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले नै पाउनुपर्ने अडान लिएको छ भने उसलाई एमाले पनि साथ दिएको छ । तर, गृहमन्त्रालय आफैंसँग राख्ने माओवादीको पनि तयारी छ । 

    सोमबार बसेको पदाधिकारी बैठकबाट बाहिरिने क्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री बनेपछि मात्र को बन्ने भन्ने थाहा हुने प्रतिक्रिया दिएका छन् । कसलाई गृहमन्त्री बनाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले बनेपछि थाहा हुने बताए । 

    पार्टी मुख्यालयमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकमा संगठनसहितका विषयमा केन्द्रित भएको प्रवक्ता महराले जानकारी दिए । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij