
बुधवार , माघ १८, २०७९
काठमाडौं, १८ माघ ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । मल्लले पोखरामा मंगलवार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी २० लिगमा विवाद, फिक्सिङ, तथा आलोचनापछि मल्लले राजीनामा दिएका हुन् । २०७६ असोज ११ गते भएको क्यानको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा नियुक्त भएका थिए ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि एक वर्षअघि कार्यवाहक सचिवको जिम्मेवारी मल्लले पाएका थिए ।
मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन् ।
संघ दुर्घटनाबाट जोगाउन आफूले राजीनामा दिएको मल्ले बताए । उनले भने, ‘विभिन्न विवाद आए । संघ दुर्घटनामा जाला जस्तो स्थिति आयो मैले राजीनामा दिएर संघ दुर्घटनाबाट जोगिन्छ भने म अझै कयौँ पटक यस्ता पदबाट राजीनामा दिन सक्छु । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij