२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

सिद्धार्थनगरमा ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रम 

बुधवार , माघ १८, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, १८ माघ । 
    महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले बीमाको महत्व झन बढ्दै गएको बताउँदै आम नागरिकले बीमा गर्नुपर्ने बताए । 

    त्यस्तै विशिष्ट अतिथि महालक्ष्मी लाइफ इन्स्योरेन्सका मार्केटिङ म्यानेजर यमलाल न्यौपानेले महिला सशक्तिकरणको कार्यक्रममार्फत धेरै महिलाहरुले कम्पनीमा रोजगारी पाएको बताउँदै महिला लिडर भएर काम गर्ने अवसर लिन महिलालाई आग्रह गरे । 

    विशिष्ट अतिथि सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको अत्यन्तै प्रभावकारी कार्यक्रम ल्याएकोमा पूर्ण सफलताको कामना गरे । 

    सिद्धार्थनगर वडा नम्बर ९ की वडा सदस्य बसुन्धरा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एरिया ब्रान्च म्यानेजर अमरदीप गुप्ताले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । भैरहवा शाखा प्रमुख अजय त्रिपाठिको स्वागत मन्तव्य तथा एजेन्सी म्यानेजर शशि पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।