२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

नेविसंघ रुपन्देहीमा समानान्तर कमिटी, सभापतिमा खड्का र पाण्डे

बिहिवार , माघ १९, २०७९

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, १९ माघ ।

    नेपाली विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीमा समानान्तर कमिटी गठन गरिएको छ । हिजोमात्रै नेविसंघ रुपन्देहीको जिल्ला सभापतिको पत्र लिएर रुपन्देही आएका सन्दीप पाण्डे थिए ।

    पाण्डेलाई नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले नियुक्त गरेका थिए । उनले संस्थापन समूहका विद्यार्थी नेता पाण्डेलाई सभापतिमा चयन गर्दै ३ महिनाभित्र जिल्ला अधिवेशन गर्ने जिम्मेवारीसहित सभापतिमा चयन गरेका थिए ।

    यता केन्द्रिय नियुक्तिको विरुद्धमा रुपन्देहीमा सस्थापन ईतर समूहले शम्सेर खड्कालाई नेविसंघ रुपन्देहीको सभापति चयन गरेको छ । उनी लम्बिनी इञ्जिनियरिङ कलेज नेविसंघ ईकाई पूर्व सभापति हुन् ।

    रुपन्देहीको एक होटलमा प्रदेश, जिल्ला, क्षेत्रका नेता तथा नेविसंघका नेताहरुको भेलाले खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले जानकारी दिए । उनले नेविसंघ केन्द्रिय समितिले एकपक्षीय ढंगले बिना कुनै जानकारी, विद्यार्थी संगठनमा काम नगरेका व्यक्तिलाई चयन गरिएका कारण रुपन्देहीमा खड्कालाई सभापति चयन गरिएको बताए । 

    विद्यार्थी संगठनको कुनै पनि ईकाईमा काम नगरेको, जुनियर व्यक्तिलाई पार्टीमा कुनै पनि सहमति, सहकार्य नगरी खल्तीबाट निकालेर सभापति बनाएकाले खड्कालाई सभापति बनाईएको कांग्रेस लुम्बिनी प्रदेश सदस्य कुमार केसीले जानकारी दिए । उनले खल्तीबाट नेता चयन गर्ने टिके प्रथालाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।