२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

पटकपटक स्थगित माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजेवाट

शनिवार , माघ २१, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, २१ माघ । 
    नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी पटकपटक सरेर शनिबार अपरान्ह १ बजेका लागि बोलाइएको छ । समसामायिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारेसहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय विभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रबार बस्न नसकेपछि शनिवार १ बजे बोलाईएको हो ।

    रास्वपाले बिहिबार नै सरकार छाडने संकेतका बीचमा बैठक बोलाइए पनि अन्ततः पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताको कारण छोटो समयमा नै बिहिबार स्थगित हुन पुगेको थियो । त्यसपछि शुक्रवार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसकेपछि शनिवार अर्थात आज १ बजे बोलाइएको हो । बैठकले मुख्यतः रास्वपासँगको विवाद र केन्द्रिय विभागहरुको कार्यविभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ ।