२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

पर्यटनमन्त्री किराँतीद्वारा मायादेवी मन्दिरको दर्शन  

शनिवार , माघ २१, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, २१ माघ ।
    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले शनिबार साँझ लुम्बिनीस्थित गौतमबुद्व जन्मस्थल मायादेवी मन्दिरको दर्शन गरेका छन । मन्त्री भएपछि पहिलोपटक लुम्बिनी आएका किराँतीले मायादेवी मन्दिरभित्र रहेको मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्ति दीप क्षेत्रको जानकारी लिए अवलोकन गरेका हुन् ।

    उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी र बुद्वका बारेमा मन्त्रीलाई जानकारी गराए । मन्त्रीले मन्दिर परिसरमा दीप प्रज्जवलन गरेका थिए । 

    मन्त्री किराँतीले कोषका पदाधिकारी तथा विभिन्न शाखाका प्रमुखहरूबाट लुम्बिनीमा भइरहेका काम र बुद्व जन्मस्थलको इतिहास, पर्यटकका लागि दिइने सुविधाका बारेमा चासो राखेका थिए । 

    मन्त्रीको अवलोकनमा क्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तयसहित पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, नेत्र शाही, राजेश शाक्य, परिषद सदस्यहरू श्रीराम यादव, गोपीकृष्ण शर्मा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई लगायतको उपस्थिति थियो ।

    328972940_5167195590050146_9071967564313800786_n.jpg