
आइतवार , माघ २२, २०७९
भैरहवा, २२ माघ ।
नेपाल चीन मैत्री समाज लुम्बिनीले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीसँग भेटघाट गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिन समाजले मुख्यमन्त्री समक्ष माग गरेको छ ।
लुम्बिनी क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको र विमानस्थल सञ्चालन रोकिदा यो क्षेत्रमा निराशा पैदा भएको भन्दै मुख्यमन्त्री गिरीसमक्ष समाजले ध्यानाकर्षण गराएको हो । समाजका अध्यक्ष नारायण प्रसाद सापकोटाले छिमेकी दुवै मुलुकसँग सहकार्य र समन्वय गरी यस क्षेत्रको विकासमा पर्यटन क्षेत्रलाई विशेष जोड दिन आग्रह गरे ।
अध्यक्ष सापकोटाको नेतृत्वमा गएको टोलीलाई मुख्यमन्त्री गिरीले आश्वासन दिदै बुद्धको जन्मस्थलमा बौद्धमार्गी देशका नागरिकलाई सहज गराउने भन्दै विमानस्थल सञ्चालनमा कुटनितिक पहल हुने बताए । उनले जसरी पनि विमानस्थल सञ्चालनमा आउने भन्दै ढुक्क हुन आग्रह गरे ।
भेटघाट कार्यक्रममा समाजका अध्यक्ष सापकोटासहित वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद रेग्मी, उपाध्यक्ष डा.ऋषिराम शर्मा, कोषाध्यक्ष खिमबहादुर खत्री, कार्यसमिति सदस्य नारायण प्रसाद भण्डारी, अच्युतराज रेग्मी, केशव शर्मा बेल्वासे र शंकर प्रसाद पाण्डेको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij