२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रामकथा वाचक मोरारी बापू लुम्बिनीमा

सोमवार , माघ २३, २०७९

भैरहवा, २३ माघ । बुद्ध जन्मस्थलमा लुम्बिनीमा भोलि (मंगलबार) देखि हुने राम कथा प्रवचन कार्यक्रमका लागि भारतका सुप्रसिद्ध रामकथा वाचक मोरारी बापू सोमबार लुम्बिनी आइपुगेका छन् ।

उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, वसिउद्दीन खान, सि.के. गुप्ता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कार्यसमिति सदस्य मंगल भण्डारी, संजय बजिमय लगायतले स्वागत गरेका हुन् ।

329691310_528971482666120_6714914827095256007_n - Copy.jpg

श्री रामकथा प्रेम यज्ञ समिति, लुम्बिनीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभा हलमा राम कथा प्रवचन हुँदैछ । प्रवचन माघ २४ गतेलेखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको हो । माघ २१ गतेदेखि हुने भनिए तापनि प्राविधिक कारणले तीन दिन सरेको कार्यक्रम संयोजक राजेश कुमार अग्रवालले बताए ।

यसअघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि विकास केडियाले जानकारी दिए ।

कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावसर्ती भारतीय शहर तथा गाँउहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा आधा बढी पहिलोपटक लुम्बिनीमा प्रवचन सुन्नका लागि आउने आयोजकको दावी छ । यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ । लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको कार्यक्रममा आध्यात्मिक गुरु मोरारीको ९१२ औं राम कथा आयोजना हुन लागेको हो ।