२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

तालिम तथा रोजगार व्यवसायी महासंघको प्रदेश प्रवक्तामा मैनाली 

आइतवार , पौष १२, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल, १२ पुस । 
    नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको लुम्बिनी प्रदेश प्रवक्तामा अरुण मैनाली चयन भएका छन् । डाइनामिक एजुकेशन एण्ड भोकेसनल ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक मैनाली महासंघको प्रदेश उपाध्यक्ष हुन् । 

    महासंघका विषयमा सार्वजनिक गर्नुपर्ने कुराहरुलाई व्यवस्थित र प्रभावकारी तरिकाले सरोकारवाला निकायसम्म पु¥याउन मैनालीलाई प्रवक्ता चयन गरिएको महासंघका प्रदेश अध्यक्ष सतिष अधिकारीले बताए । 

    प्रवक्ता मैनालीले व्यवसायलाई मर्यादित र तालिमहरुलाई स्तरीय बनाउन सरोकारवाला निकायसंग पहल गरिने र सबैलाई दर्ता गरेर मात्र सञ्चालन गर्न दिइने विषयमा महासंघले पहल गरिरहेको बताए ।