२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा भैरहवामा प्रदर्शन

सोमवार , पौष १३, २०७७

भैरहवा, १३ पुस ।
प्रतिनिधिसभा विघटनको विरोध नेपाली कांग्रेसले सोमबार भैरहवामा प्रदर्शन गरेको छ । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ रुपन्देहीको आयोजनामा प्रदर्शन भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध भैरहवामा प्रदर्शन गरिएको कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादवले बताए ।

IMG_8981.JPGभैरहवाको बुद्धचोकबाट सुरु भएको -याली बर्मेलीटोल, नारायणपथ हुँदै मिलनचोकमा पुगेर विरोधसभामा परिणत भएको कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का उपसभापति श्रीराम गुप्ताले जानकारी दिए । -यालीमा सहभागि कांग्रेसका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओली र नेकपा नेतृत्वको सरकारविरुद्ध नारा लगाएका थिए ।IMG_8979.JPGIMG_9024.JPG