२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

अर्घाखाँचीमा पर्यटनकाे छलफल : चिन्ता सन्धिखर्क गाेरुसिंगे सडकखण्डकाे

सोमवार , फाल्गुण १, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • अर्घाखाँची, १ फागुन ।

    नेपाल पर्यटन बाेर्डले अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची जिल्लाकाे पर्यटनकाे सम्भावना विषयक कार्यक्रममा सन्धिखर्क गाेरुसिंगे सडक स्तराेन्नतिकाे विषयले प्राथमिकता पाएकाे छ ।

    पूर्वउपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला श्रीपाली लगायतकाे उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरुले अर्घाखाँची जिल्लाकाे पर्यटकीय विकासकाे लागि सन्धिखर्क गाेरुसिंगे सडककाे स्तराेन्नति पहिलाे प्राथमिकतामा रहनुपर्ने उल्लेख गरेका हुन् ।

    सन्धिखर्क गाेरुसिंगे सडकका कारण चाहेर पनि अर्घाखाँचीमा पर्यटकहरु भित्र्याउन नसकिएकाे भन्दै जिल्लामा क्रियाशिल राजनितिक दलका प्रतिनिधिहरुले सदरमुकाम जाेड्ने बाटाे स्तराेन्नतीलाई पहिलाे प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

    अर्घाखाँचीमा धार्मिक पर्यटनकाे राम्राे संभावना रहेकाेले सुपा देउराली, अर्घा भगवती, नृसिंह मन्दिर, मालारानी मन्दिर, पाणिनि तपाेभूमि जस्ता धार्मिक स्थलहरु चर्चित छन् । प्रसिद्ध सुपा देउराली मन्दिरमा पछिल्लाे समयमा छिमेकी देशबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।