२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

डुङगामा सयर गर्दै फिसिङ्ग सुविधासहितको एभरेष्ट फिस भिलेज रिर्सोट संचालनमा

सोमवार , पौष १३, २०७७

बुटवल, १३ पुस । 
पछिल्लो समय रुपन्देहीमा पर्यटक लक्षित होटल तथा रिर्सोटहरु धमाधम खुल्न थालेका छन् । रूपन्देहीको सियारी गाउँपालिका–६ हिरागञ्जमा डुङगामा सयर गर्दै फिसिङ्ग सुविधा सहितको एभरेष्ट फिस भिलेज रिर्सोट सञ्चालनमा आएको छ । आन्तरिक तथा वाह्य पर्यटक भित्राउने लक्ष्यसहित एभरेष्ट ग्रुप प्रा.लि.ले १० करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न फिस रिर्सोट सञ्चालनमा ल्याएको हो ।

ईट्टा व्यवसायी र निर्माण क्षेत्रमा कार्यरत ३० युवा उद्योगी व्यवसायीहरुको संयुक्त लगानीमा सेवा क्षेत्रमा पनि काम सुरु गरेको लगानीकर्ताहरुले बताएका छन् । रिर्सोटमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरूले आफै माछा मार्ने अर्थात फिसिङ गर्न र डुङगामा सयर गर्न समेत पाउनेछन् । एभरेष्ट गु्रपका अध्यक्ष अजय अधिकारीले रिर्सोटमा ९ वटा सुविधा सम्पन्न कोठासहित सबै माछाका विशेष परिकार उपलब्ध हुने बताए । एभरेष्ट रिर्सोटमा अहिले दैनिक ग्राहकको भीड लाग्न थालेको छ । 

करिब ३ बिगाहा क्षेत्रफलमा २ वटा माछा पोखरीसहितको सो रिर्सोटमा दैनिक १ हजार भन्दा बढी पर्यटकहरु पुग्न थालेका छन् । त्यहाँ रातिको समयमा देखिने झिलिमिलीले सबैलाई आकर्षित बनाएको छ । अध्यक्ष अधिकारीका अनुसार रिर्सोटमा २० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । पानीमाथि कटेजमा बसेर खान मिल्ने व्यवस्था मिलाइएको बताउँदै अधिकारीले एभरेष्ट ग्रुपले ईट्टा उद्योग, ईट्टा उद्योगका लागि कोइला विक्री, गाडीका टायरको क्षेत्रमा पनि लगानी गरेको छ ।

सफलताको लागि सहकार्य मुल नारासहित एभरेष्ट गु्रपले लगानी क्षेत्र विस्तार गर्दै जाने बताएको छ । यो गु्रपले अहिलेसम्म सबै क्षेत्रमा गरेर २५ देखि ३० करोड रुपैयाँ लगानी गरिसकेको जनाइएको छ । सरकारले पर्यटन प्रबद्र्धनका लागि उल्लेख्य कार्य गर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रबाट भएको यो प्रयास प्रशंसा योग्य रहेको सम्बन्धित क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।