images

आइतवार, बैशाख २३ गते २०८१

कांग्रेसमा बढ्दो जनलहर 

कांग्रेसमा बढ्दो जनलहर 

images
images
images
सोमवार, पौष १३ २०७७
सोमवार, पौष १३ २०७७
  • कांग्रेसमा बढ्दो जनलहर 

    भैरहवा। संसद बिघटन पछि आन्दोलनमा होमिएको नेपाली कांग्रेसको पक्षमा जनलहर देखिन थालेको छ। दुई तिहाई बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको तथा सबिधान बिपरित सरकारले संसद बिघटन गरेर निरङकुशता लादेको भन्दै कांग्रेसमा जनलहर बढ्दै गएको हो। 

    images
    images
    images

    ३ बर्ष सम्म मौन प्राय रहेको काग्रेसलाई सरकारको गलत कामले यती बेला जगाएको छ। जनतामाझ स्थापित गर्ने मौका पाएको कांग्रेसलाई जनताले पनि राम्रो साथ दिएको देखिएको छ। २९ मंसिर २०७७ मा नेपाली कांग्रेसले सरकारका बिरुद्ध भैरहवामा गरेको बिरोधको कार्यक्रममा हजारौको सङख्यामा जनता सडकमा आएका थिए। त्यस दिनको आन्दोलनमा सहभागि नागरिकका कारण हौसिएको थियो। 

    नेपाली कांग्रेसले आज देशभरका निर्वाचन क्षेत्रमा गरेको सरकार बिरोधी आन्दोलनमा पनि उल्लेख्य सहभागिता देखिएको छ। सरकारको गलत रबैयाका कारण निकै कष्ट र दुख झेल्दै आएका नागरिकले काग्रेसले केहि मलम पट्टी लगाउने आस गरेका छन्। कांग्रेसको आन्दोलनमा पछिल्लो समय स्वतन्त्र रुपमा बसेका तथा बिगतका आन्दोलनमा समेत सहभागि नभएका व्यक्तिहरुको पनि सहभागिता देखिएको छ। 

    IMG_6237.JPG

    जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष मंगल भण्डारीले सरकारले जनताको हित बिपरित काम गरेकाले कांग्रेसमा लहर बढेको बताए। जनताले ५ बर्षका लागि निर्वाचीत गराएर पठाएको बर्तमान केपि शर्मा ओलि नेतृत्वको सरकारले लोकतन्त्र र संबिधान बिपरित गएर संसद बिघटन ग¥यो यसबाट जनता रुष्ट भएका छन् भण्डारीले भने ओलीको अलोकतान्त्रीक र गैरसंबैधानिक कदमका बिरुद्धमा जनता काग्रेसको पक्षमा उभिए। 

    IMG_6240.JPG

    रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा उल्लेख्य कार्यकर्ताको सहभागितामा बिरोध सभा सम्पन्न भएका छन्। रुपन्देहीको भैरहवा, बुटवल, सालभण्डी, धकधई र मर्चवारको मझगावामा बिरोध सभा भएका छन्। सभामा युवा, युवती देखि बृद्धबृद्धाको समेत उल्लेख्य सहभागिता रहेको थियो। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij