२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थ उवासंघ र जजिरा एअरलाइन्सका प्रतिनिधिबीच छलफल, मार्च ९ देखि उडान गर्ने

शुक्रवार , फाल्गुण ५, २०७९

भैरहवा, ५ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र जजिरा एअरलाइन्सका प्रतिनिधिबीच शुक्रबार भैरहवामा छलफल भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गरिरहेको उक्त एअरलाइन्सले केही महिनादेखि उडान गर्न सकेको छैन । जसका कारण अन्तर्राष्ट्रिय उडान रोकिएको छ । 
२०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले छलफलमा जजिरा एयरलाइन्सका नेपालस्थित कर्मशियल व्यवस्थापक अमित नागरथले आगामी मार्च ९ तारिखदेखि उडान पुनः सञ्चालन गर्ने जानकारी गराएका छन् ।

अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिदा निजी क्षेत्र निराश भएको बताए । उनले भने, ‘विमानस्थल सञ्चालनमा आएसँगै यहाँ होटल सञ्चालनमा लागि अरबौं लगानी गरिएको छ । लगानी डुब्न नदिन पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउनुपर्छ ।’