
मंगलवार , पौष १४, २०७७
विराटनगर, १४ पुस ।
पार्टी र दलका नेतालाई जानकारी नदिई अविश्वास प्रस्ताव दर्ता गरेको भन्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रदेश सभा सदस्यहरुलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सदस्यलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसहितको पत्र पठाएको बताए ।
प्रदेशसभा सचिवालयमा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो प्रस्तावक र दलका सदस्य लछुमन तिवारी समर्थक रहेको ३७ सदस्यले आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । संसदीय दलमा छलफल नगरी पहिले नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएकाले प्रस्ताव फिता सहित स्पष्टीकरण पेस गर्न पत्र पठाएको प्रमुख सचेतक राजभण्डारीले बताए ।
पत्र प्राप्त भएको २४ घण्टाभित्र उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई लिखित स्पष्टीकरण पेस गर्न दलका नेताको निर्देशन बमोजिम निर्देशन गरिएको पत्रमा उल्लेख छ । अन्यथा संविधान, राजनीतिक दलसम्बन्धी ऐन, कानून र दलको विधान बमोजिम कारबाही भई जाने व्यहोरा अवगत गराउँदछु-सचेतक राजभण्डारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij