२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

अख्तियारद्वारा तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता

मंगलवार , पौष १४, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौं, १४ पुस ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इञ्जिनीयर पाण्डव प्रसाद देव, निर्माण कम्पनी महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा सोही निर्माण कम्पनीका प्रतिनिधि सन्तोष प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

    नदी नियन्त्रण कार्यक्रम अन्तर्गत भ्रष्टाचार भएको आशंकामा छानबिन गर्दा अनियमितता भएको पाइएपछि आयोगले रु ३ करोड ६५ लाख ९ हजार ४ सय ५६ बराबरको आर्थिक हिनामिना भएको पाइएको हो ।