२०८२, कार्तिक ९ गते

Oct 26 2025 | २०८२, कार्तिक ९ गते

फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने

सोमवार , फाल्गुण ८, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ८  फागुन ।
    कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ । विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो ।

    विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ । बिहान ७ः५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८ः५ मा कुवेतका लागि उड्ने उनले बताए ।