२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

द नेक्स फेस लुम्बिनीको दोस्रो राउण्डको अडिसन पुस १८ मा हुने 

मंगलवार , पौष १४, २०७७

  • 6.7K
    Shares
  • 6.7K
    Shares
  • बुटवल, १४ पुस । 
    युवायुवतीहरुको अन्तरआत्माको विकास गर्ने एवं समाजमा लुकेर रहेका प्रतिभाहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पहिलो पटक एस. के. क्रियशनद्वारा ‘द नेक्सट फेस लुम्बिनी’ को आयोजना गरेको छ । युवायुवतीहरुको व्यक्तित्व विकास गर्ने, क्षमता अभिवृद्धि गर्ने, नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्ने, व्यूटी पेजेन्ट र मोडलिङ्गको क्षेत्रमा युवा युवतीलाई अगाडी बढाउने र नयाँ–नयाँ कलाकारहरु उत्पादन गर्ने उद्देश्य रहेको कार्यक्रम आयोजक संस्थाका इभेण्ट म्यानेजिङ डाइरेक्टर साहिर केसीले जनाएका छन्। 

    लुम्बिनी प्रदेशस्तरीय रुपमा संचालन गरिएको ‘द नेक्सट फेस लुम्बिनी’को पहिलो अडिसनमा २० जना प्रतियोगिहरुको सहभागिता रहेको थियो भने दोस्रो अडिसनमा त्यो संख्या बढ्ने आयोजक टिमले जनाएको छ । बुटवल–४ स्थित झिमा होटेलमा भएको पहिलो अडिसनबाट १७ जना प्रतियोगीहरुको छनौट भएको छ । दोस्रो चरणको अडिसन बुटवलको कालीकानगरमा रहेको होराइजन फुडल्याण्ड तथा बारमा यही पुसको १८ गते हुन गइरहेको  हुने द नेक्स फेस लुम्बिनीका कोडिनेटर गोकुल न्यौपानेले बताए । ‘द नेक्सट फेस लुम्बिनी’ को ग्राण्ड फिनाले माघको पहिलो साता हुने कोरियाग्राफर सुजित बस्यालले बताए । यस कार्यक्रममा १५ वर्षमाथि उमेर समुहका पुरुष तथा महिला दुवै उमेर समुहले भाग लिन पाउनेछन् ।

    पुस १७ गतेसम्म बुटवलका विभिन्न स्थानहरु तिनाउ संगीत कला केन्द्र, होराइजन फुडल्याण्ड, झिमा होटेल लगायतका ठाउँमा अडिसनको लागि टिकट पाइनेछ । अडिसनमा साहिर केसि, कोरियोग्राफर सुजित बस्याल, सहायक अर्गनाइजर लगायतको निर्णायक टिम रहने समेत बताइएको छ ।