२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

नेप्से फेरी उकालो, शेयर बजार ५.५७ अंक बढ्दा परिसूचक २०१२.८९ विन्दुमा

मंगलवार , पौष १४, २०७७

काठमाडौं, १४ पुस । 
नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसुचक फेरी उकालो लागेको छ । साताको तेस्रो दिन मंगलबार भएको कारोबार अनुसार नेप्से परिसूचक ५ दशमलव ५७ अंक वृद्धि भई २०१२ दशमलव ८९ विन्दुमा पुगेर रोकिएको छ । एक्स्चेन्जका अनुसार २०९ कम्पनीको ८० लाख १ हजार ३१४ कित्ता शेयर ४ अर्ब ९ करोड २२ लाख रुपैयाँमा खरिद विक्री भएको हो । मंगलबार नेप्से परिसूचक उतारचडापका बीच २०३१.४८ विन्दुसम्म उक्लिएको थियो ।

नागरिक लगानी कोष र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी वृद्धि भएको छ । नागरिक लगानी कोषको शेयर मुल्य ९.९९ प्रतिशत र नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य ९.८९ प्रतिशतले वृद्धि भएको छ । नागरिक लगानी कोषको शेयर मूल्य ३ हजार ६२ रुपैयाँ कायम भएको छ । सर्वाधिक मूल्यको शेयर खदिर विक्री नबिल बैंक लिमिटेडको भएको छ । यो बैंकको ५३ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिद विक्री भएको छ भने शेयर मूल्य १ हजार ८६ रुपैयाँ कायम भएको छ । 

कारोबारमा आएका १२ समूहमध्ये ४ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा जीवन बीमा समूह ०.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४ प्रतिशत, अन्य समूह ३.२९ प्रतिशत र लघुवित्त समूह ०.३६ प्रतिशत रहेका छन् । नेप्से परिसुचक उकालो लागेसँगै लगानी कर्ताहरु थप उत्साहित र आकर्षित भएका छन् ।