images
images

आइतवार, जेठ ६ गते २०८१

पाँचौं पिएल पिएल क्रिकेट : रोहिणी स्टार सेमीफाइनलमा

पाँचौं पिएल पिएल क्रिकेट : रोहिणी स्टार सेमीफाइनलमा

images
images
images
मंगलवार, फाल्गुण ९ २०७९
मंगलवार, फाल्गुण ९ २०७९
  • पाँचौं पिएल पिएल क्रिकेट : रोहिणी स्टार सेमीफाइनलमा

    भैरहवा, ९ फागुन ।
    लुम्बिनी नव युवा क्लब पडरियाको आयोजनामा लुम्बिनीमा जारी पाँचौं पडरीया लुम्बिनी प्रिमियर लिग क्रिकेट टुर्नामेन्ट (पिएल पिएल) अन्तर्गत मंगलबार भएको खेलमा जीतसँगै रोहिणी स्टार सेमीफाइनलमा पुगेको छ ।

    images
    images
    images

    पहिलो खेलमा कपिलवस्तु फाइटर्सलाई ३८ रन र तेस्रो खेलमा ग्राण्ड कस्मोलाई ६ विकेटले पराजित गर्दै रोहिणी स्टारले सेफीफाइनलको यात्रा तय गरेको हो ।

    लुम्बिनी विकास कोषको खेलमैदानमा टस जितेर कपिलवस्तु फाइटर्सले बलिङ रोज्यो । पहिला ब्याटिङ गरेको रोहिणी स्टारले १२ ओभरमा ९ विकेट गुमाउँदै १२५ रनको योगफल बनायो । उसका लागि निश्चलले ३९, रुपेशले २३, सन्तोषले १८, मनोजले १३ (नटआउट), आशिषले ११, कमलेशले ८, आकाशले ३ (नटआउट), धिरु र सुदिपले २–२ र अबरारले १ रनको योगदान गरे ।

    बलिङमा कपिलवस्तु फाइटर्सका राजेशले ४, मुस्ताक र मनोजले २–२ विकेट लिए ।

    जवाफमा कपिलवस्तु फाइटर्सले १२ ओभरमा १० विकेट गुमाउँदै ८७ रनमै समेटियो । उसका लागि एडननले १०, मनोजले ९, आर.डी. र कमलले ८–८, सज्लु (नटआउट) र राजेशले ७-७, रेहान र मुस्ताकले ६-६ र फैजलले ३ रनको योगदान गरे ।

    बलिङमा रोहिणी स्टारका धिरु र रुपेशले ३–३, मनोजले २, सुदिप र आकाशले १–१ विकेट लिए । खेलमा रुपेश म्यान अफ द म्याच घोषित भए ।

    त्यस्तै तेस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको ग्राण्ड कस्मोले १०.१ ओभरमा १० विकेट गुमाउँदै ६९ रनको योगफल बनायो । उसका लागि एजाजले १८, जोगुलले १६, रामनाथले १२, बरकतले १०, अमितले २ र रामविकासले १ रनको योगदान गरे । बलिङमा रोहिणी स्टारका मनोजले ६, रुपेशले २, सुदीप र आकाशले १–१ विकेट लिए ।
    ७० रनको लक्ष्य पाएको रोहिणी स्टारले ८.४ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनायो । उसका लागि धिरुले २२, रुपेश र सुदीपले १३–१३, मनोजले १० र आकाशले ७ रनको योगदान गरे । 

    बलिङमा ग्राण्ड कस्मोका अमितले २, रामविकास र मनौवरले १–१ विकेट लिए । खेलमा रोहिणी स्टारका मनोज यादव म्यान अफ द म्याच घोषित भए ।

    त्यस्तै मंगलबार भएको दोस्रो खेलमा स्टार स्माललाई पराजित गर्दै ओजस कन्सट्क्शन विजयी भएको छ ।

    रोहिणी गाउँपालिकाले माघ ३ देखि माघ १३ गतेसम्म धकधईमा रोहिणी अध्यक्ष कप–२०७९ (क्रिकेट प्रतियोगिता) को आयोजना गरेको थियो । प्रतियोगितापश्चात खेलाडीहरु छनौट गरी पाँचौं पडरीया लुम्बिनी प्रिमियर लिग क्रिकेट (पिएल पिएल) टुर्नामेन्टमा रोहिणी स्टार सहभागी भएको हो ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विजयी टीम तथा खेलाडीहरुलाई बधाई दिदै आगामी गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताए ।

    ५० हजार नगद हस्तान्तरण

    यसैबीच रोहिणी गाउँपालिकाले रोहिणी स्टारलाई प्रोत्साहन स्वरुप रु. ५० हजार प्रदान गरेको छ । अध्यक्ष यादवले मंगलबार खेलमैदानमै पुगेर रोहिणी स्टारका खेलाडीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उनले भने, ‘खेलाडीको मनोबल बढाउन लागिपरेका छौं । रोहिणी स्टारबाट सहभागी भएका खेलाडीहरुले राम्रो प्रदर्शन गरेको भन्दै अध्यक्ष यादवले खुसी व्यक्त गर्दै गाउँपालिकाकोतर्फबाट सक्दो सहयोग गर्ने बताए । 

    उनले भने, ‘रोहिणी गाउँपालिकामा क्रिकेटका लागि खेलमैदान बनाउँछौं, खेलाडीहरुलाई प्रोत्साहन गर्न विभिन्न सेवासुविधा प्रदान गर्नेछौं ।’

    रोहिणी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठानले रोहिणी स्टार सेमीफाइनलमा पुग्दा खुसीको अनुभुति भएको बताए ।

    प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट ब्याट्सम्यान र बेष्ट बलरलाई तीन हजार नगद, अनुशासित टीमलाई ५ हजारले पुरस्कृत गरिने खेल संयोजक मोहम्मद सरिफले बताए । म्यान अफ द सिरिजमा भने यसपटक रेन्जर साइकल राखिएको छ भने प्रत्येक खेलको म्यान अफ द म्याच र गेम चेन्जर खेलाडीलाई नगद ५–५ सयले पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् । 

    प्रतियोगितामा नेपाल र भारत तर्फबाट १६–१६ टीमबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएका छन् । विगत ४ वटा प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको यो प्रतियोगिताले यस क्षेत्रको खेलाडीहरुमा विकाससँगै अनुशासनमा रुपान्तरण गरेको आयोजक संस्था लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए ।
    नकआउट चरणमा हुने खेल देशबीच प्रतिष्पर्धा हुने गरी तालिका बनाइएको छ । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij