२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

वनवाटिकाको टिकट अब अनलाइनबाटै 

शाइन रेसुंगा बैंकद्वारा क्युआर कोड र स्क्यान मेशिन हस्तान्तरण

बुधवार , फाल्गुण १०, २०७९

रुपन्देही, १० फागुन ।

लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ । यसका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमएसमार्फत अनलाइन टिकटिङ सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ । 
बुधबार वनवाटिकामा आयोजित एक समारोहबीच शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले अनलाइन टिकटिङ सिस्टमको क्यूआर कोड र चारवटा स्क्यान मेशिन वनवाटिकालाई  हस्तान्तरण गरेको छ । 

सो अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल प्रविधिको उच्चतम प्रयोगबाट नै ब्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज गर्दै जानु समयको आवश्यकता भएको बताए । 

डिजिटिल बैकिङले नगद बोकेर हिंड्नुपर्ने झण्झटको अन्त्य र सुरक्षित पनि हुने मात्र नभइ नगद पैसा छाप्दा हुने राज्यको अरबौ खर्च जोगिने भएकाले सिंगो देशलाई डिजिटलाइज बैकिङ प्रणालीमा लैजान सबैको ध्यान जानुपर्ने पौडेलले औंल्याए । बैंकहरुले व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्दै आएका र अर्थतन्त्रको एउटा विश्वसनीय माध्यम भएकाले नाफामुलक संस्था मात्रै भनेर बुझ्न नहुने आग्रह गरे । वन वाटिकासँग आगामी दिनमा थप सहकार्य गर्ने पौडेलले बताए । 
वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले संस्थाले तीन वर्ष अघिदेखि नै अनलाइन टिकटिङमा जाने सोंच बनाए पनि कोरोना महामारीका कारण ढिलाइ भएको भन्दै

अनलाइन टिकटिङ सिस्टमले संस्था प्रविधियुक्त र आर्थिक कारोबार पारदर्शी हुने बताए । उनले वनवाटिकामा १ वर्षमा करिब साढे ३ लाख पर्यटक घुम्न आउने गरेकाले अनलाइन बैकिङले टिकट काट्न लाइनमा बस्न नपर्ने बताए । 

बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले अहिलेको युग सूचना प्रविधिको भएकाले आफ्नो सेवा तथा सुविधालाई प्रविधिसँगै जोड्दै जाँदा त्यसबाट सेवा प्रदायक संस्था र सेवाग्राही र उपभोक्ता दुवैलाई सहज हुने र समयको बचत हुने बताइन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डिजिटल भुक्तानी प्रर्वद्घनलाई अभियानकै रुपमा अगाडि बढाएकोे उल्लेख गर्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताइन् । 

सो अवसरमा बैंकका ब्राण्डिङ तथा मानव संशाधन विभाग प्रमुख प्रभास राई, प्रमुख प्रविधि अधिकृत शैलेश कुमार श्रीवास्तव, र्ई–सेवा क्षेत्रीय प्रबन्धक कमल सापकोटार आइएमएसका शाखा प्रबन्धक आशिष भुसालले काठमाडौं बाहिर प्रधान कार्यालय रहेको र लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो शाखा सञ्जाल र धेरै ग्राहक भएको शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकको नीति अनुसार डिजिटल बैंकिङ साक्षरता र डिजिटल भुक्तानीलाई प्राथमिकताका साथ प्रवद्र्धन गरेको उल्लेख गरे ।