
बुधवार , पौष १५, २०७७
बुटवल, १५ पुस ।
अंग्रेजी नयाँ वर्षसंगै कालिका पथ बुटवल–९ स्थित दुईतल्ला आकर्षक भवनको माथिल्लो तल्लामा रेष्टुरेन्ट सेवा शुभारम्भ भएको छ । पाँच युवा उद्यमीहरुले नयाँ सेवासुविधायुक्त डि फाईभ रेष्ट्रो एण्ड बार सेवा सञ्चालनमा ल्याएका हुन । सञ्चालकहरु दिनेश थापा, समीर बन्जाडे, सरोज कुमारी यादव, सुरज भट्टराई, अभिषेक थापा गरी ५ जना युवाहरुको लगानीमा खुलेको हो ।
करीब १५ सय स्क्वायर फुट एरियामा आकर्षक सजावट गरी युवाहरुको १ करोड २० लाखमा पूर्वाधार तयार भएको छ । सबै तयारी भए पनि लकडाउनका कारण ६ महिना ढिला गरी शुभारम्भ गरिएको संचालक दिनेश थापाले बताए । ईन्डोर ४० जना क्षमताको रेष्टुरेन्ट, बाल्कोनिमा ३० जना क्षमता रहेको छ । त्यसै गरी १० जना क्षमताको स्मोकिङ जोनसहितको व्यवस्था रहेको छ ।
व्यापारिक घराना लक्षित गरी आकर्षण डिजाइन गरिएको उनले बताए । ईण्डियन सेफ विशेषसहितका सेवा रहेको उनले बताए । बिहीबार होटल एशोसियन अफ नेपालका केन्द्रीय सदस्य गोपाल रानाले उद्घाटन गर्ने उनले बताए । उद्घाटनभरी पवन गिरी, अमित बराल, विक्रम बराल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीसंगै लाईभ म्युजिकको मजा एक हप्तासम्म हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij