२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

बुद्ध एअरले फागुन २५ देखी भद्रपुर–पोखरा उडान भर्ने

बुधवार , फाल्गुण १७, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • पोखरा, १७ फागुन । बुद्ध एयरले आगामी मार्च ९ अर्थात २५ फागुन देखि भद्रपुर देखी पोखरासम्म  सिधा हवाई उडान भर्ने भएको छ ।

    काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान गरिरहेको बुद्ध एअरले अब पोखराबाट पनि जहाज भद्रपुरका लागि उडान भर्नेछ ।

    पोखरा स्टेशन म्यानेजर गौतम बरालका अनुसार अब पोखराबाट बिहान ६:१५ मा जहाज भद्रपुरका लागि र पोखराका लागि भने बेलुकी ६:५५ मा उडान भर्ने गरी तयारी गरिएको हाे। सो हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ ।

    पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि भद्रपुर–पोखरा उडान साँझ राखिएको उनको भनाई छ । उनका अनुसार पोखरामा जस्तो भद्रपुरमा यात्रु तथा पर्यटक बस्नका लागि पुर्वाधार नभएकाले साँझ उडान गराउन खोजिएको हो ।

    म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् ।