२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामी विजयी

बिहिवार , फाल्गुण १८, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौं, १८ फागुन । 
    चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । काठमाडौंमा हिजो अबेर सम्पन्न २३ औं साधारणसभावाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो । उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मत ल्याए । 

    त्यसै गरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई विजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा  प्रदीप कार्कीले ७४ मत ल्याए ।
    सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् ।  

    त्यसै गरी, सदस्यहरुमा सुष्मा कार्की अनुप भट्टराई लगायत विजयी भएका छन । 

    अध्यक्ष र महासचिवलगायत अधिकांश पदमा ]प्रेस चौतारी आबद्ध पत्रकार विजयी भएको माधव तिवारीले जानकारी दिए ।

    बिजेताको सुचीः

    अध्यक्षः समीर बलामी

    उपाध्यक्ष कार्यक्रमः कुबेर गिरी

    उपाध्यक्ष संगठनः विजय सुवेदी आवाज

    उपाध्यक्ष महिलाः सुरक्षा भट्टराई

    महासचिवः रघुनाथ सापकाेटा

    सचिव खुलाः नवीन गिरी

    समावेशी सचिवः उद्धव रसाइली

    समावेशी सदस्यः मोहम्मद जलिम

    महिला सदस्यः सुष्मा कार्की

    सदस्यहरुः

    कृष्ण पाण्डे

    अनुप भट्टराई

    निशा बजगाई

    अर्जुन गुरागाई

    सिपी जैसी

    सुरेन्द्र थापा