२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

सेयर बजार राताम्मै, २६.४८ अंकले घट्यो

बिहिवार , फाल्गुण १८, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं ,१८ फागुन  । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार राताम्मै भएकाे छ । नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९ विन्दुमा पुगेको छ ।

    यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अंकले घटेर ३७३.५६ विन्दुमा पेगेको छ । 

    यसैगरी, २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । 

    त्यस्तै कारोबारको आधारमा सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

    बुद्धभूमि नेपाल हाइड्रोपावर र युनिक नेपाल लघुवित्तको सेयर ४ प्रतिशतले बढेको छ । 

    आज सबै उपसमूहहरुको सेयर घटेर बजार राताम्मै भएका छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स र ट्रेडिङ कम्पनीको २ प्रतिशतले सेयर करोबार घटेको हो ।