आइतवार, जेठ २१ गते २०८०

भारतीय पर्यटकलाई कम्तीमा भारु ४ लाख नेपालमा ल्याउन दिनुपर्छ : सन्तोष पाण्डेय

भारतीय पर्यटकलाई कम्तीमा भारु ४ लाख नेपालमा ल्याउन दिनुपर्छ : सन्तोष पाण्डेय

images
images

खबर पात्रो

२३, फाल्गुण २०७९
  • 6.4K
    SHARES
  • भारतीय पर्यटकलाई कम्तीमा भारु ४ लाख नेपालमा ल्याउन दिनुपर्छ : सन्तोष पाण्डेय

    भैरहवा, २३ फागुन ।
    लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले भारतीय पर्यटकलाई कम्तीमा ४ देखि साढे ४ लाख भारु रुपैयाँसम्म बोकेर नेपालमा ल्याउन दिनुपर्ने बताएका छन् । उनले २५ हजार भारु मात्र ल्याउन दिने अनि भारतीय पर्यटकले खर्च गरेनन् भन्दै गुनासो हुने गरेको बताए ।

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको होली मिलन समारोहमा बोल्दै प्रदेशसभा सदस्य पाण्डेयले युरोप र अमेरिकाबाट आउने पर्यटकलाई ५ हजार डलर ल्याउन दिने तर भारतीय पर्यटकलाई भारु. २५ हजार मात्र ल्याउन दिने गरिएकोप्रति गुनासो गरे । उनले भने, ‘कमसेकम ४ देखि साढे ४ लाख ल्याउन पाउनुपर्छ भन्ने मान्यता प्रदेश सरकारले लिनुपर्छ । यसबारे मैले संसदमा पनि कुरा उठाएको छु र यो लागू हुनेछ ।’

    images
    images

    पर्यटनको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए । लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेता पाण्डेयले भारतीय पर्यटकको गाडीलाई देख्नेबित्तिकै अब केही गल्ती गर्छन्  र जरिवाना काटौंला भनेर खुसी हुन नपर्ने बताए । उनले पर्यटकलाई सुरक्षित रुपमा नेपालमा ल्याएर अतिथि सत्कार गर्न सके लुम्बिनी प्रदेशलाई विश्वमा पर्यटनको केन्द्र भनेर विश्वमै चिनाउन सकिने बताए ।

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका नेता पाण्डेयले सबै मिलेकाले अब देशका नेताहरु मिल्नुपर्ने भन्ने सन्देश लुम्बिनी प्रेस क्लबले आयोजना गरेको होली मिलन समारोहले दिएको बताए । उनले भने, ‘राजनीतिक अस्थिरता नहोस् । ’

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले नगरको विकासका लागि नगरबासीको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

    लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माको अध्यक्षता, उपाध्यक्ष कमल रायमाझीको स्वागत तथा महासचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०७२ सालमा स्थापना भएको लुम्बिनी प्रेस क्लबमा हाल ३९ जना सदस्य आबद्ध रहेको क्लबका उपाध्यक्ष श्यामशंकर पाण्डेले बताए । 

    images
    images
    प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - ०५:२३:५६ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend