images

बुधवार, बैशाख १२ गते २०८१

संबिधान र संघियतालाई खतरा छ भने सरकारबाटै छ : खांण

संबिधान र संघियतालाई खतरा छ भने सरकारबाटै छ : खांण

images
images
images
शनिवार, पौष १८ २०७७
शनिवार, पौष १८ २०७७
  • संबिधान र संघियतालाई खतरा छ भने सरकारबाटै छ : खांण

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि मुलुक अहिले राजनैतिक संकटमा छ। सरकार र राष्ट्रपतिको कदम असंबैधानिक तथा अलोकतान्त्रीक भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विरोधमा छ। २९ मंसिर र पुस १३ गते देशव्यापी प्रदर्शनसमेत गनेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विरोधमा छ। पुस १३ गते देशव्यापी प्रदर्शनसमेत ग¥यो। 

    images

    संसद् विघटनपछिको अवस्थालाई कांग्रेसले कसरी हेरिरहेको छ ? अबको अवस्थामा कांग्रेसको रणनीति के हो ? यीलगायत अन्य विभिन्न विषयमा नेपाली कांग्रेस संघीय संसदीय दलका प्रमुख सचेतक तथा पुर्व रक्षा मन्त्री बालकृष्ण खाणसँग खबरपात्रोका सम्पादक दीपक घिमिरेले गरेको कुराकानीको सम्पादीत अंश। 

    प्रतिनिधि सभा बिघटन र त्यस पछिको अबस्थालाई कसरी लिनु भएको छ?
    अहिलेको हाम्रो संविधानको प्रावधान अनुसार बहुमत प्राप्त दलको प्रधानमन्त्रीले प्रतिनीधि सभा विघटन गर्ने प्रावधान नै छैन। प्रावधान नभएको प्रावधानमा उभिएर उहाँले संबिधान विघटन गर्नु भएको छ। त्यसकारणले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम पुर्ण रुपमा असंवैधानीक र अलोकतान्त्रीक छ। यो संविधान हामी सबैको सहमती, सर्घषबाट बनेको हो। राजनितीक स्थीरता र स्थायीत्वको लागि हामीले प्रधानमन्त्रलिाई दुई वर्ष सम्म अविश्वासको प्रस्ताव राख्न नपाउने प्रावधान संबिधानमा राख्यौ। प्रावधान विरुद्ध भएको निर्णय वास्तवमा यो अलोकतान्त्रीक भयो। त्यस कारणले यो विघटन विलकुलै उचित होईन । यो अलोकतान्त्रीक र असंवैधानीक हो।

    त्यसो भए काङग्रेसको अबको रणनीति के हो त? 
    प्रधानमन्त्रीको सिफारिषमा राष्ट्रपतिले संबिधानमै नभएको व्यवस्था टेकेर संबिधान बिघटन गरिएको छ। काग्रेसले सरकारको यो असंबैधानिक कदमका बिरुद्ध आम नागरिकलाई जागरुक बनाउने दाहित्व आएको आएको छ। सरकारको असंवैधानीक विघटनका बिषयमा आम नेपाली जनतालाई जागरुक बनाउने दायीत्व काँग्रेसको हो। त्यस कारण काँग्रेसले यो सरकारको अलोकतान्त्रीक, असंवैधानीक निर्णयको खिलापमा विरोध सभाहरु गर्दै आएको छ। यसलाई अझै व्यापक बनाउनु पर्ने छ। यो विरोध सभाले निरन्तरता पाउने छ। पार्टी कार्यकर्तालाई जागरुक बनाउने र यस्तो महामारीको बेला उनीहरुलाई कसरी सुरक्षीत बनाउने भन्ने बिषय र दाहित्व पनि कांग्रेसको काँधमा आएको छ। पार्टिले त्यो उत्तरदायीत्व र जिम्मेवार पुरा गर्छ। 

    कांग्रेसले सहि ढङगले प्रतिपक्षीको भुमिका निभाउन त सकेन नी ? 
    आम जनता र नेपाली काँग्रेसका कार्यकर्ताहरुको नेपाली काँग्रेस प्रतिको भरोसा छ, नेपाली काँग्रेस प्रतिको गुनासो गर्ने कार्यकर्ता जनताको अधिकार पनि हो। त्यसकारणले गर्दा जनताले, कार्यकर्ताले गुनासो गर्नु स्वभावीक नै हो। तर एउटा कुरा सबैको मनमा के छ भने नेपालमा प्रजातन्त्रको रक्षा गर्छ लोकतन्त्रको रक्षा गर्छ भने काँग्रेसले गर्छ भन्ने नै सबैको भरोसा छ। त्यसकारणले काँग्रेस बढी गतिशिल भइदियोस, एकढिक्का भइदियोस, काँग्रेसले मुलुकलाई अग्रशील भएर मुलुकलाई अगाडी बढाइदियोस र मुलुकमा बनेको संविधानलाई काँग्रेसले जोगाओस र जनतका हक अधिकारलाई यसले अगाडी बढाओस, सुरक्षा गरोस भन्ने चाहाना छ। त्यो स्वभावीक पनि हो । यो बिचमा काँग्रेसले प्रतिपक्षको भूमीका निभाउन सुस्त भयो भन्ने पनि छ। अघी पनि मैले भने नेपाली काँग्रेसले संविधानका प्रतिकुल सरकारका कदमहरुलाई बडो झिनो सङ्ख्यामा राष्ट्रिय सभा र प्रतिनीधी सभामा हुदा हुदै पनि रोकिराखेका छौ। किनभने हाम्रो दृढता र हाम्रो गतिशिलता पार्टीकै जनप्रतिनीधीहरुसँगको संवादले हामीले प्रधानमत्रीको असंवैधानीक गतिविधीलाई हामीले धेरै हद सम्म रोकेकै हो। जस्तै मिडिया सम्बन्धी विधेयक, मानव अधिकार आयोग सम्बन्धी विधेयक, गुठी सम्बन्धीक विधेयक लगायतका थुप्रै विधयकहरुलाई हामीले जुन खालको परिस्थीती दवाव बनायौ कतिलाई फिर्ता लिने कतिलाई परिमाजन गर्ने परिस्कृत गर्ने, कतिपयलाई संशोधन गर्ने कतिलाई पास हुन नदिने क्रममा हामी अग्रसर नै छौ। त्यसकारणले हाम्रो सामथ्र्यले भ्याएसम्म हामीले प्रतिपक्षको भुमीका प्रतिनिधी सभा र राष्ट्रिय सभामा गरेकै छौ। 
    तथापी साथीहरुले भूमीक अझै प्रभावकारी हुनुपर्छ भन्नु त्यो चाँही स्वभावीक हो। पछिल्लो पटक यो २९ मंसिर गतेको हाम्रो विरोध प्रदर्शन र हिजोको हाम्रो १३ गतेको हाम्रो विरोध प्रदर्शनले काँग्रेस चाँही अब काँग्रेस अगाडी बढयो, अब जाग्यो काँग्रेस भन्ने लागेको छ ।

    सर्वोच्च अदालतले संसद पुनस्थापना नगरी सरकारको कदमलाई स्वीकार गर्दै संसद बिघटन गर्ने निर्णय गरेमा कांग्रेसले के गर्छ? 
    हामी अर्थात नेपाली काग्रेस अब नेपाल संविधान अनुसार नै अगाडी बढ्छ। यो हामी सबैको दृढ संकल्प हो र संविधानले नै कार्यपालीका, व्यवस्थापीका र न्यायपालीका स्वतन्त्र र शत्ति पृथकिकरणको सिद्धान्तलाइ अगिंकार गरेको छ। संविधान हामीले पढ्दा खेरी संविधानको धाराहरु जसरी सरकारले प्रयोग गरेको छ, राष्ट्रपति कार्यालयको विज्ञप्तीमा छ। ति धाराहरुको अधारमा विघटन गर्नै मिल्दैन्। त्यसकारणले न्यायलयले पनि संविधानको आधार शिलामा उभिएरै उचित निर्णय गर्छ भन्नेमा हामी विश्वास छौं। त्यसकारणले स्वतन्त्र न्यायलयले संविधानको रक्षा गर्ने छ, संविधानको पालना गर्ने छ भन्ने कुरामा हाम्रो विश्वास भएका कारणले अब त्यो भन्दा पछाडीका दिनका बारेमा हामीले के गर्ने भन्ने बारेमा अहिले नै केहि सोचेका छैनौ। त्यस कारणले उचीत समयमा नै हामीले उचीत निर्णय गर्नेछौं।

    नेपाली काग्रेस कतिपय मुद्धामा बिभाजित देखिन्छ, यो बिषयमा पनि बिभाजित छ की एक मत भएर अगाडि बढ्छ?  
    काग्रेस यो मुद्धामा बिभाजित छैन्। काँगेसका लागि नयाँ सम्भावनाका ढोकाहरु खुलेका छन्। नेपाली काँग्रेसले काँग्रेसका लागि मात्र होइन, समग्र देशको बारेमा देशका नागरिकका बारेमा जिम्मेवारी लिनु पर्दछ। र जिम्मेवारी बोध गर्नु पर्दछ। त्यसका लागि अहिले नेपाली काँग्रेसले संविधानको रक्षा गर्नु नै हाम्रो मुख्य दायीत्व हो। किनभने यो संविधान चाँहि अब नेपाली काँगेस बाहेकका अन्य शत्तिहरुको ठूलै उपस्थीती संविधान सभामा हुदाहुदै पनि बहुलवादमा अधारीत बहुदलीय, लोकतान्त्रीक शासन व्यवस्थाको जगमा उभिएको संविधान बनाएका हौ। संघिय लोकतान्त्रीक गणतन्त्र पनि लोकतन्त्र र लोकतान्त्रीक शक्तिकै मुद्धा हो। जहाँ कम्युनीष्टवादी शासन हुन्छ त्यहाँ संघीयता नै हुदैन। त्यहा केन्द्रीकृत शासन व्यवस्था हुन्छ। त्यसकारणले शासनको जिम्मेवारी र क्षेत्राधीकारलाई विकेन्द्रकृत गर्ने, संघियता स्थापीत गर्ने एउटा केन्द्रिय सरकार मात्र होइन विभिन्न तहगत सरकारहरु निर्माण गर्ने यो प्रजातान्त्रीक परिपाटी हो। त्यो हामीले बुझाउन सकेका छैनौ। त्यस कारणले नेपालको संघिय लोकतान्त्रिक गण्तन्त्र नेपाली काँग्रेसकै अग्रसरतामा, पहलमा नै यो निर्माण भएको हो। 
    नेपालको संविधान सभाले लोकतान्त्रीक व्यवस्थालई सुनिश्चित गरेको छ। जनताको अधिकारलाई सुनिश्चित गरेको छ। त्यस कारण अहिले नेपाली काँग्रेसको ध्यान यो संविधानको रक्षालाई नै छ। लोकतन्त्रको रक्षामा नै छ। 
    कस्ता कस्ता परिस्थीतीको सामना गर्नु पर्दछ त्यो परिस्थीती निर्माण भइसके पछि तत्कालीन समयमा वृहत रुपमा राष्ट्रिय हितलाई ध्यानमा राखेर अगाडि बढ्छौ। लोकतन्त्रको हितलाई ध्यानमा राखेर संविधानको हितलाई ध्यानमा राखेर हामीले उचित समयमा उचित निर्णय गर्छौै। त्यो विपीको पालमा पनि भएको छ, गिरिजा प्रसादको पालामा पनि भएको छ र अहिले पनि त्यो खालको लचकता र त्यो खालको दृढता नेपाली काँग्रेसले अवलम्वन गर्दछ। 
    नेपाली काँग्रेस भित्र खासै ठूला मतभेद छैनन्। अब पार्टीका नेताहरुले केन्द्रिय समितीका सदस्यहरु, माननीयहरुले बोल्दा प्रस्तुत गर्ने शैली आफ्नो आफ्नो होला। तर कुरा जसले जसरी राखे पनि मूल मर्ममा पनि एकमत छौ। 

    संबिधान बिघटन पनि संघियता नै जोखिममा प¥यो भन्ने टिकाटिप्पणी हुन थालेका छन्। के साच्चै संघियता जोखिममा परेको हो? 
    सबैभन्दा पहिला त हामी संघिय लोकतान्त्रीक गण्तन्त्र प्रती प्रतिबद्ध छौ। लोकतान्त्रीक शासन व्यवस्था भएको मुलुकमा मात्रै संघियता हुन्छ। जहाँ अधिनायकवादी शासन व्यवस्था छ, चाहे राजाको अधिनायक होस या धर्मको नाममा निरङ्कुशता र तानाशाहा होस या विचार र सिद्धान्तको आधारमा निरङ्कुश्ता र तानाशाहा स्थापीत गरीएका या थोपरिएका राज्य प्रणाली हुन्। त्यहाँ शासन व्यवस्था पूर्ण रुपमा केन्द्रिकृत हुन्छ, दुनियाका कम्युनिष्ट देशहरुमा पनि संघियता छैन। कम्युनीष्ट शासन व्यवस्थामा झनै शक्ति विकेन्द्रीकृत गर्ने, बिभिन्न तहमा सरकार हुने र त्यो सरकारले जनता प्रती उत्तरदायी हुने परीपाटी नै छैन। तर लोकतान्त्रीक शासन व्यवस्था मात्रै हो जहाँ जनता प्रती सरकार जिम्मेवार हुन्छ, जनता प्रती प्रणाली जिम्मेवार हुन्छ र स्थानीय निकायमा र जनतासँग सरोकार राख्ने घर आँगनमा नै शक्ति पु¥याउने जिम्मेवारी लोकतान्त्रीक प्रणालीमै हुन्छ। त्यस कारणले कम्युनिष्ट सरकारले संघियता जोखिममा पार्न खोजे हामी लोकतन्त्रबादीलाई त्यो स्वीकार्य हुने छैन। लोकतन्त्र र संघियताका रक्षा हाम्रो पार्टि काग्रेसले गर्ने छ। 
    कम्युनिष्टहरुको मनमा संघियता छैन्। मनमा विधिको शासन छैन, मनमा लोकतन्त्र छैन्, मनमा जनता प्रती उत्तरदायी छैन् र जनता नै हाम्रा मालीक हुन् भन्ने उनीहरुलाई स्वीकार्य छैन्। संसार भरी अनि नेपालमा पनि त्यो खालको मानसिकता कम्युनिष्ट पार्टी भित्र छ। त्यसैले यदी संघियतालाई कही खतरा छ भने कम्युनिष्टबाटै छ। यो सरकारबाट खतरा छ। अरुबाट होईन। संविधानलाई पनि कतैबाट खतरा छ भने संविधानलाई सहजता पूर्वक नलिएका शक्ति भन्दा पनि संवैधानीक प्रत्रियाबाट अगाडी बढेका नेपाल कम्युनीष्ट पार्टी, अनी ओली सरकारबाट खतरा छ। विधिको शासन माथी खतरा छ त्यो कुरा हामीले भन्दै आएका थियौ। त्यस कारणले संघियता लोकतन्त्र गण्तन्त्रको रक्षाको लागि नेपाली काँग्रेस गम्भीर हुनुपर्दछ, यसमाथी हामी ज्यादै दृण छौ र गम्भीर छौ।

    प्रधानमन्त्री ओलीले यसरी संबिधान बिघटन गर्लान जस्तो लागेको थियो तपाईहरुलाई ? 
    होईन, उहाँले सुरु देखी नै आफुलाई संविधानको अनुकुलमा लग्नु पर्ने,  संविधानको रक्षाका लागि लग्नु पर्ने, संबिधानका प्रावधानहरुलाई अगाडी बढाएर सबैसँग राम्रै सद्भाव राखेर अगाडी बढनु पर्ने थियो। तर, उहाँ त प्रधानमन्त्री बनेकै दिनबाट असहज व्यवहार देखाउन थाल्नु भयो। अर्कोतर्फ संविधानको प्रतिकुलतामा सरकारले धेरैवटा निर्णय गर्दै आयो। धेरैवटा विधेयकहरु ल्याउनु भयो। त्यसकारणले ओली जिले कुनै पनि समय दुर्घटना गराउनुहुन्छ भनेर हामीले बारम्बार भनेका थियौं।

    कम्युनिष्टको अबको यात्रा कस्तने देख्नु हुन्छ। कम्युनिष्टहरु के अब बिलयको बाटो रोजेका हुन् ?
    २०३६ साल पछि या २०३७ सालको जनमत सङ्ग्रह पछि बहुदल पक्षदरले झिनो मतले पराजीत भयो। सुधरीएको पञ्चायतलाई ठूलो विजय प्राप्त भयो। त्यसपछी देशमा एउटा निराशा पनि आयो। बि पि कोईरालाले एउटा त्रिभुवन विश्व विद्यालयको कार्यक्रम के भन्नु भयो भने पञ्चायत एउटा मरिसकेको घोडा हो त्यसकारणले म यसमा धेरै चावुक हान्दैन। चाबुक हानेर यसलाई दुख्दा पनि दुख्दैन, यसले कुनै गती पनि लिदैन्। पञ्चायत विजय भए पनि यसले नारायणी दरवार र सिंहदरबार बिचको अन्तर द्वन्द अनि शत्तिको बिचको अन्तर द्वन्द, पञ्चायतको आन्तरीक द्वन्द र पञ्च र पञ्चइतर शक्ति संघर्ष र अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको पनि स्वार्थको टकरावले गर्दा यो पञ्चायत धेरै दिन चल्दै चल्देन।

    जनमत संग्रह भएको झण्डै १० बर्षमा त जनताको मत पाएको पञ्चायत नै कोल्याप्स भयो। १० वर्षमा कम्युनीष्ट पार्टी पुरै न्युनीकरण भएर जान्छ मैले भनेकै थिए। कम्यनीस्ष्ट पार्टी भित्रको अन्तरसंघर्ष हामीले सोचेको भन्दा पनि तिव्र रुपमा बढ्यो पार्टि बिभाजनको अबस्था पुग्यो भने सरकार कामचलाउको अबस्थामा पुग्यो। १० वर्ष पनि कम्युनीष्ट दिक्दैन भनेर भनेको थिए त्यो कुरा ३ वर्षमा नै प्रमाणीत भएको छ । हामीले यसबाट पाठ सिक्नु पर्दछ लोकतान्त्रीक शक्तिलाई सशक्त बनाउने र लोकतान्त्रीक शक्तिलाई एक ढिक्का बनाउने हाम्रो अभियान छ। काँग्रेसलाई सबल र गतीशील बनाउने हाम्रो अहीलेको समकालीन दायीत्व हो । यसबाट पाठ सिकेर हाम्रो दायीत्व प्रती हामी सतर्क र सजक हुनुपर्दछ ।

    सरकारका कुनै पनि निकायलाई चिनिया टोलीले नेपाल भ्रमण ग¥यो । यसको कसैको पनि बिरोध आएर काग्रेस पनि चुप लाग्यो किन होला? 
    नेपाल कम्युनीष्ट पार्टी हेर्दाखेरी जति शक्तिशाली देखीन्छ तर भित्रबाट यो अत्यन्तै कमजोर छ। बैचारीक हिसाबले पनि कमजोर छ र समय र परिस्थीतीले पनि उनीहरुलाई कमजोर बनाएको छ। त्यस कारण उहाँहरु नेपाल माथीको हस्तक्षेपको बारेमा बोल्नै सक्नुहुन्न । यस्तो खुल्ला हस्तक्षेपलाई राज्यले नै नियन्त्रण गर्ने हो। अहिलेको सरकारको अनुसार विदेशी राजनेता, विदेशी प्रतिनिधीहरु आँउदा परराष्ट्रलाई थाहा हुनुपर्छ। कुन विषयमा छलफल भयो भनेर राष्ट्रिय रेकर्डमा राख्नु पर्छ, उहाँहरुले नै कार्यवीधी बनाउनु भएको हो। आफैले बनाएको कार्यविधीलाई प्रधानमन्त्री स्वयम आफै मान्नुहुन्न। राष्ट्रपतीले संविधानको रक्षा गर्नुपर्ने उहाँले गर्नु हुन्न। त्यसले गर्दा अहीले कम्युनीष्ट पार्टी हरेक हिसाबले अत्यन्तै कमजोर भइसकेका कारणले उहाँहरुले लोकतन्त्रको संरक्षण गर्न नसक्ने अवस्थामा उहाँहरु पुगीसक्नु भएको छ। यो खालको चलखेल मुलुकका लागी प्रतिवाद हुन जरुरी छ यसमा गम्भीर बन्नु पर्दछ र हामी सबैले यसलाई पालना गर्नु पर्दछ । विदेशीहरुलाई हस्तक्षेप गर्न प्रोत्सहान गर्न हुदैन भन्ने हाम्रो धारणा छ । 

    अहिलेको सरकार काममचलाउ भएको हो? 
    हो, अहीले सरकारले सदनमा पनि बहुमत गुमाइसकेको अवस्था र सत्तासीन पार्टी भित्र नै विश्वास गुमाएको अवस्था रहेको छ। जसका कारण संविधानमा प्रावधान नभएता पनि गलत प्रावधानलाइ टेकेर सदन भङ्ग गरीसकेको अवस्था छ। त्यस कारण अहिलेको प्रधानमन्त्री के पि ओली काम चलाउ प्रधानमन्त्री बन्नु भएको छ । काम चलाउ प्रधानमनत्रीले, काम चलाउ सरकारले राष्ट्रका लागि कुनै पनि खालको गम्भीर निर्णय गर्न पाइदैन र गर्नु हुदैन । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij