आइतवार, जेठ २१ गते २०८०

पाठक मोटर ग्रुपद्वारा ‘द ग्राण्ड भिटारा’ को विक्री शुभारम्भ 

पाठक मोटर ग्रुपद्वारा ‘द ग्राण्ड भिटारा’ को विक्री शुभारम्भ 

images
images

खबर पात्रो

२६, फाल्गुण २०७९
  • 5.1K
    SHARES
  • पाठक मोटर ग्रुपद्वारा ‘द ग्राण्ड भिटारा’ को विक्री शुभारम्भ 

    भैरहवा, २६ फागुन । नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ गाडी सार्वजनिक गरिएको छ । नेपालका लागि सुजुकी ब्राण्डको चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले द ग्राण्ड भिटारा नेपाल भित्र्याएको हो ।

    नेपालमा भित्र्याइएको ‘द ग्राण्ड भिटारा’ गाडी सुजुकी ब्राण्डको बहुप्रतिष्ठित मोडेल हो । द ग्राण्ड भिटारा गाडी एक कार्यक्रमकाबीच पाठक मोटर गु्रप प्रा.लि. रुपन्देहीले सार्वजनिक गर्दै विक्री शुभारम्भ गरेको छ ।

    images
    images

    लुम्बिनीका लागि आधिकारिक विक्रेता पाठक मोटर गु्रपले उक्त गाडीको विक्री शुभारम्भ गरेको हो ।

    गाडीको ग्रुपका सञ्चालक अभिषेक पाठक, बाबुराम पाठक, लक्ष्मी पाठक तथा सीजी मोटोकर्पका डिलर इञ्चार्ज गोविन्द भुसालले गाडीको लन्चिङ गर्दै विक्री शुभारम्भ भएको जानकारी दिए ।

    नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्यांगवेज’ को प्रयोग गरिएको छ । जसका कारण अरुभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको कम्पनीको भनाइ छ ।

    सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउने तथा यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिने पाठक मोटर गु्रपका सञ्चालक अभिषेक पाठकले जानकारी दिए ।

    ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलोपटक अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इञ्जिन प्रयोग गरिएको छ ।

    प्रतिष्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ ।

    सीजी मोटोकर्पका डिलर इञ्चार्ज गोविन्द भुसालकाअनुसार पछिल्लो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च रहेको छ । नेपालको सन्दर्भमा एसयूभी गाडी उचित रहेको उनले बताए ।

    गाडीको विक्री मूल्य रु. ७१ लाख ९९ हजार कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले केही समयका लागि आकर्षक छुटको समेत व्यवस्था गरिएको जनाएको छ ।

    ग्राहकहरुले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँनयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने भएकोले नयाँ ग्रान्ड भिटारा गाडी उनीहरुका लागि गेम चेन्जर हुने कम्पनीको दावी छ ।

    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०७९ शुक्रवार - १७:१८:१८ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend