२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

ब्याजदर हामीलाई चर्को भो, गरिखान गाह्रो भो’ भन्दै व्यवसायी उत्रिए सडकमा 

सोमवार , फाल्गुण २९, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २९ फागुन । 
    उद्योगी र व्यवसायीहरुले सोमबार बैंक तथा वित्तीय संस्थाले चर्काे ब्याज असुलेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेका छन् । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरमा बैंक तथा वित्तीय समस्या संघर्ष समितिको नेतृत्वमा उद्योगी र व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

    प्रदर्शनमा उत्रिएका उनीहरुले ‘ब्याजदरमा स्थितरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भो, गरिखान गाह्रो भो, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर, उच्च सेवा शुल्क बन्द गर,’ जस्ता प्लेकार्ड बोकेका थिए ।