
मंगलवार , फाल्गुण ३०, २०७९
एडिलेड, ३० फागुन ।
नेपालको पर्यटन प्रवर्द्धन गर्न उद्देश्यसहित अष्ट्रेलियाको एडिलेड शहरमा नेपाल महोत्सव हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा १८ मार्च (४ चैत) मा हुने महोत्सवमा प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसाँस्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलको विपक्षी दलको उपनेता जिङ ली, संसद् सदस्यहरु, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले बताइन् ।
महोत्सवका लागि अष्ट्रेलियन डलर १ लाखदेखि १ लाख २० हजारसम्म खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा ४० बटा स्टल हुनेछन् । जसमा १० वटा ठूला स्टल हुने बताए । मुख्य आर्कषणका रुपमा नेपालको विविधता झल्कने नेपाल हाउसको निर्माण गरिने भएको छ । जसमा नेपालका परम्परागत ढिकी जातो, भेषभुषा, हिमाल दृष्य समेटिएका फोटोहरु, त्यसै गरी धरहरा, पशुपति, स्वयंम्बु समेत राखिने भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij