images

आइतवार, बैशाख १६ गते २०८१

सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै विद्यार्थी

सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै विद्यार्थी

images
images
images
बुधवार, चैत्र १ २०७९
बुधवार, चैत्र १ २०७९
  • सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै विद्यार्थी

    भैरहवा, १ चैत । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस भैरहवा, रुपन्देहीमा सातौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरु सामूहिक च्याउ खेतीतर्फ आकर्षित भएका छन् । उनीहरु च्याउखेतीबाट आत्मनिर्भर बनिरहेका छन् । सिद्धार्थनगर नगरपालिका–१ स्थित रानीगाउँमा ब्राइट स्टार इङलिस बोर्डिङ स्कूलको छेउमा मासिक ८ हजार भाडामा जग्गा लिजमा लिएर ८ जना विद्यार्थीहरुले सामूहिक च्याउ खेती गरिरहेका छन् ।

    images

    अर्घाखाँचीका तिलकराम भुसाल, गुल्मीका प्रविण पन्त, रुपन्देहीका सन्देश श्रेष्ठ, सल्यानका चेतन खनाल, कैलालीका खेमराज उपाध्याय, रुपन्देहीका प्रविन शर्मा, पश्चिम नवलपरासीका गणेश घिमिरे र तनुहँका नवराज दवाडी मिलेर सामूहिक च्याउखेती गरिरहेका छन् । उनीहरु एउटै सेमेष्टरमा अध्ययनरत छन् ।

    कृषिसँगै आफै जोडिनुपर्छ भन्ने उद्देश्यले सामूहिक च्याउ खेती गरिएको विद्यार्थी तिलकराम भुसालले बताए । उनले प्रत्येक सेमेष्टरमा उत्पादनसँग जोड्ने प्रयास गर्दै आएको बताए । भुसालले भने, ‘सातौं सत्रान्त (सेमेष्टर)मा अध्ययन गरिरहँदा हामीले च्याउ खेती सुरु गरेका छौं । अढाई महिनादेखि सुरु गरेका हौं । अहिले उत्पादन एकदमै राम्रो छ । ’ च्याउ खेती गर्नका लागि कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको सहयोगमा सिद्धार्थनगर नगरपालिकाबाट बिउ अनुदानमा प्राप्त भएको उनले जानकारी दिए ।

    Mushroom 3.jpg

    उनले भने, ‘हामीले आफै नै परालहरु जुटाएर च्याउ खेती सुरुवात गरेको छौं । हाम्रो ब्याचका ८ जना मिलेर अन्य ब्याचका साथीहरुको सहयोगमा च्याउ खेती सुरु गरेका हौं । ’उनले च्याउ खेतीको बजार राम्रो राम्रो भए पनि मिहिनेत अनुसारको मूल्य भने पाउन नसकेको गुनासो गरे । भुसालले सीमासँगै जोडिएको भैरहवा शहरमा भारतबाट आउने च्याउ एकदमै सस्तो मूल्यमा पाइने भएकाले आफूहरुले उत्पादन गरेको च्याउले भारतमा उत्पादन हुने च्याउसँग प्रतिष्पर्धा गर्न नसकेको बताए । उनले भने, ‘स्थानीयस्तरबाट केही सहयोग भइदिए हामीलाई अझै हौसला प्रदान हुन्थ्यो ।’ राम्रो बजार मूल्य पाएको अवस्थामा च्याउबाट राम्रो आम्दानी गर्न सकिने भुसालले बताए । बजार अनुसारको आम्दानी हुने उनले बताए । स्वास्थ्यको दृष्टिकोणले पनि च्याउ एकदमै राम्रो र फाइदाजनक भएको उनको भनाइ छ । च्याउले रोगसँग लड्ने क्षमताको विकास गर्ने भुसालले बताए । च्याउ प्रतिकेजी रु. १३० देखि रु. १८० सम्ममा विक्री हुने गरेको उनले जानकारी दिए ।

    विद्यार्थी प्रविण पन्तले कृषि क्याम्पसका विद्यार्थीहरुलाई नितान्त रुपमा उत्पादनसँग जोड्नुपर्छ र अब कमाउँदै र सिक्दै अभियानलाई अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ विगतमा फूलखेती गरेको बताए । उनले फूलखेती सफल भएपछि अहिले च्याउ खेतीलाई अघि बढाएको बताए । उनले भने, ‘एक सेमेष्टर, एक उत्पादनको अवधारणालाई अगाडि बढाएर प्रत्येक सेमेष्टरका विद्यार्थीहरुलाई उत्पादनसँग जोड्ने र आयस्रोतको बाटो बनाउने गरी अभियानको सुरुवात गरेका छौं । ’पन्तले क्याम्पसमा अध्ययनका क्रममा बचेको खाली समयमा यस्तो गतिविधि अगाडि बढाइए प्रयोगात्मक शिक्षाको विकास हुने तथा किसान र कृषिलाई प्रत्यक्ष रुपमा बुझ्न सकिने भएकाले च्याउ खेतीमा लागेको बताए । पन्तले भने, ‘करिब ३ सय डल्ला च्याउ राखेका छौं । डेढ टन च्याउ उत्पादन गर्ने लक्ष्य राखेका छौैं । कृषि क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई कृषि क्षेत्रमा आबद्ध हुन आग्रह गर्दछु ।’

    Mushroom 2.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij