२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनीमा भेटीवापत एक करोड ३ लाख संकलन 

बुधवार , चैत्र १, २०७९

बुटवल, १ चैत । 
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपैयाँ उठेको छ । बुधबार सकिएको गणनामा योपटक कोभिडपछि धेरै रकम भेटीवापत संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । 

आइतबार कोषाध्यक्ष भट्टराईको नेतृत्वमा दानपत्रको रकम गणना सुरु गरिएको थियो । आइतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मंगलबार ३२ लाख ५० हजार र बुधबार २२ लाख ४७ हजार रुपैयाँ संकलन भएको राजस्व शाखाका विकास लामाले जानकारी दिए । फागुन २८ गतेदेखि बुधबारसम्म ४ दिनसम्म लगातार ४० जना गणकबाट संकलित रकम गणना गरिएको थियो । 

अघिल्लोपटक मंसिर २८ देखि पुस १ गतेसम्म चार दिन लगाएर दानपत्र खोलिएको थियो । अहिले विदेशी पर्यटकहरुको संख्या बढेकाले पनि दानवापतको रकम वृद्धि भएको कोषले जनाएको छ ।