images

आइतवार, बैशाख २३ गते २०८१

पेट्रोलियम लोड अनलोडका लागि नयाँ प्रबिधि 

पेट्रोलियम लोड अनलोडका लागि नयाँ प्रबिधि 

images
images
images
आइतवार, पौष १९ २०७७
आइतवार, पौष १९ २०७७
  • पेट्रोलियम लोड अनलोडका लागि नयाँ प्रबिधि 

    भैरहवा। नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको स्तरोन्नती गरिएको छ। निगमको प्रदेश स्तरीय भलवारी डिपोलाई आधुनिकीकरण गर्दै अन्तराष्ट्रिय मापदण्ड अनुसार सुरक्षाका उपाए एवम् प्रबिधि जडान गरी रिईन्जिनियरिङ गरिएको छ।

    images
    images
    images

    पहिलो चरणको रिईन्जिनियरिङको काम सम्पन्न गरेको कार्यालयले अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड गर्ने कार्यको सुरुवात गरेको छ। २ करोड ५० लाख लागतमा नयाँ प्रविधि जडान गरेर लोड अनलोड गर्न थालिएको प्रादेशिक कार्यालयका प्रमुख प्रलङकर आर्चायले जानकारी दिए। उनका अनुसार यसमा तीनवटा पम्पहरु जडान भएका छन्।

    आर्चायले यो प्रविधिले ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सक्ने बताए।  यसअघि यो कार्यालयबाट ८ घण्टामा ३र४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकोमा नयाँ प्रविधि जडानसँगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ।

    पुरानो प्रविधि मार्फत कामगर्दा दैनिक काम सम्पन्न गर्न रातिको ९/१० बजेसम्म कमृचारी काममा खटिनु पर्नेमा अहिले त्यो समस्या समाधान भएको आचार्यको भनाइ छ ।

    IMG_6264.JPG

    यसैगरी सो स्थानमा निगमले टैंक ट्रक पार्किङ्ग यार्डको विस्तार गरेको छ। पार्किङ्ग निर्माण हुँदा कार्यालयभित्र नै एकपटकमा करिब सय टैंकर तथा ट्रकहरु पार्किङ्ग गर्न सकिने निगमले जनाएको छ। यसैगरी निगमले दुर्घटनाबाट बच्न ईलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाएको छ भने ईलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्देश्य अनुरुप ईलेक्ट्रिक प्यानल बोर्डहरु, एटियस प्यानलहरुको जडान सहितको ईलेक्ट्रिकल प्यानल हाउस निर्माण गरी सञ्चालनमा ल्याएको छ। यस ईलेक्ट्रिकल प्यानल हाउसलाई डिपो अटोमेशन पछि कन्ट्रोलिङ्ग कक्ष पनि बनाइने निगमले जानकारी दिएको छ । 

    प्रादेशिक कार्यालय लुम्बनीले मट्टितेल भण्डारण गर्ने टैंकको पनि निर्माण गरेको छ । भलवारी स्थित कार्यालयको डिपोमा मट्टीतेल टैंक भण्डारण निर्माण गर्दै आएको टैंकलाई पेट्रोलमा रुपान्तरण गर्न नयाँ मट्टितेल टैंक भण्डारण निर्माण गरेको हो ।
    निगमले १ करोड लगानीमा उक्त टैंक भण्डारण निर्माण गरेको छ ।

    हाल यस डिपोमा पेट्रोलको खपत करिब २ सय देखि ३ सय किलो लिटर रहेको थियो । पेट्रोलका भण्डारण क्षमता जम्मा १४० किलोलिटर रहेको कारण माग आपूर्ति धान्न सक्ने निगमले मट्टितेलको टैंकलाई पेट्रोलमा रुपान्तरण गरेको निगमले जानकारी दिएको छ । यसले पेट्रोलको भण्डारण क्षमतामा करिब ३ गुनाले बृद्धि भई करिब ३ दिनको आपुर्ति धान्न सक्नेछ । निगमका अनुसार मट्टितेलका लागि छुट्टै १४० किलोलिटर क्षमताका दुईवटा टैंक निर्माण गरेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधिको जडान गरेको बताए। उनले यो प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरि भएका बस्तीहरु समेत सुरक्षित हुने उल्लेख गरे।

    निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आधुनिक प्रविधि मार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए। 

    निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोडरअनलोड गर्ने काम सुरु गरेको छ। एपिआइ मापदण्ड अनुसार पाइपलाइन जडान, भल्वभहरु, पम्पहरु जडान साथै टैंकरट्रक लोड गर्न अत्याधुनिक लोडिङ आम्स जडान गरिएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij