२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

रुपन्देहीमा १८ लाख बराबरको अवैध सामान बरामद

शनिवार , चैत्र ४, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, ४ चैत  । 
    रुपन्देहीमा १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ । मायादेवी गाउँपालिका–७ स्थित बनगाईबाट शुक्रबार १८ लाख ३६ हजार ६ सय ८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।

    ग १ त ४६२५ नम्बरको ट्याक्टर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

    प्रहरीकाअनुसार महिलाले लगाउने लुगादेखि पूजाका लागि प्रयोग हुने लत्ताकपडाहरु  बरामद भएका छन् । बरामद गरिएको सामान थप कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको छ ।