२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

राजु गुरूङको चुनौती : महासचिव कमरेड बुटवलमा मसंग चुनाव लड्ने हिम्मत छ ?

चरणबद्ध आन्दोलन गर्छाै, पार्टी कार्यालय हाम्रो हो, भोली त्यही भेट हुनेछ’

आइतवार , पौष १९, २०७७

बुटवल, १९ पुस ।
नेकपा प्रचण्ड-नेपाल समुहका नेता तथा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङले संसद पुनस्थापना गरेर देश र संविधान बचाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संविधानको पाना च्यातेर प्रतिनिधिसभा विघटन गरेको उनको आरोप छ ।
‘२०१७ सालमा राजा महेन्द्रले कु गरेका थिए, त्यो भन्दा खतरनाक रूपमा प्रधानमन्त्री ओलिले २०७७ पुस ५ गते संविधानमाथि कु गरे, तानाशाही असंवैधानिक तथा अलोकतान्त्रिक काम गर्ने मान्छेलाइ अब राख्नु हँुदैन ।’ उनले भने ।

युवा संघ नेपाल र अनेरास्ववियूद्वारा आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले काम गर्न दिइएन भन्दै प्रधानमन्त्री हिडेको भन्दै गलत काम गर्नेहरु अहिले एक ठाँउमा उभिएको बताए । पदको लोभमा कोही मन्त्रीमण्डलमा गएका छन्, कोही केन्द्रिय सदस्यमा गए, कोही मन्त्री बन्दैछन् रे, यो खुशी हुने बेला होइन । उनले भने । उनले प्रधानमन्त्रीका कारण कम्यूनिष्ट पार्टी र संविधानलाई ध्वस्त भएको बताए । अब प्रतिनिधिसभा पुनस्र्थापना नहुँदासम्म सडक संघर्ष तताउने र आफूहरु पार्टीको निर्देशन अनुसार आन्दोलन चर्काउने बताए  ।

गुरूङले ओली पक्षका नेता बुटवलबाट चुनाव जितेका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई अब रुपन्देहीमा आएर आफूसंग चुनाव लडेर  जित्न चुनौती दिएका छन् । पौडेलले बुटवलबाट चुनाव लडे त्यसको विपक्षमा आफूले प्रतिष्पर्धा गर्ने र जितेर देखाइदिने चेतावनी दिए । ‘हिजो कसलाइ कसले  र कसरी चुनाव जितायो सबैलाइ थाहा छ, हामी चुनावमा जान डराएका छैनौं, हामीलाइ चुनावमा जान डराए भन्नेहरु, महासचिव विष्णु पौडेललाइ ईगित गर्दै उनले भने–‘ आउनूस् मसंग चुनाव लडेर देखाउनुस्, हिम्मत छ ।

युवा संघका केन्द्रीय सचिवालय सदस्य सरिता श्रीसले प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारकाविरूद्ध सडमा आएको बताइन् । उनले कसैलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउन सडकमा नआएको बताइन् । ‘के को लागि हो चुनाव, यो चुनावको सुनिश्चितता के छ’ उनले प्रश्न गरिन्’ आन्तरिक विवादका कारण संविधानको घाँटी निमोठ्न पाइँदैन, हाम्रो भविष्यमाथि खेल्ने अधिकार कसैलाई छैन, चुनाव अब भोट माग्ने नैतिकता छैन् ।’उनले संसद पुनस्थापना नै अबको विकल्प भएको बताइन् ।

पत्रकार सम्मेलनमा अनेरास्ववियूका केन्द्रीय सदस्य अनुप पोखरेलले ओलीको राजनीति सकिएको टिप्पणी गरे । उनले अब संसद पुनस्र्थापना भइ छाड्ने दावी गरे । कार्यक्रममा युवा संघ रूपन्देहीका अध्यक्ष कृष्ण थापा, युवा नेता माधव बस्नेत, विष्णु खत्री लगायतले ओलीले असंवैधानिक कदम चालेको बताए ।