images

शुक्रवार, चैत्र १६ गते २०८०

क्यू बक्स सिनेमाको प्रथम वार्षिकोत्सव, आज सिनेमा हेर्नेलाई बिशेष उपहार 

क्यू बक्स सिनेमाको प्रथम वार्षिकोत्सव, आज सिनेमा हेर्नेलाई बिशेष उपहार 

images
images
images
शुक्रवार, चैत्र १० २०७९
शुक्रवार, चैत्र १० २०७९
  • क्यू बक्स सिनेमाको प्रथम वार्षिकोत्सव, आज सिनेमा हेर्नेलाई बिशेष उपहार 

    बुटवल । बुटवलको मिलनचोक स्थित बुटवल सिटी सेन्टरको छैटौं तल्लामा संचालित क्यू वक्स सिनेमाले आफ्नो संचालनको एक वर्ष पूरा गरेको छ । 
    गत वर्ष चैत्र १० गते बुटवलका प्रतिष्ठित उद्योगी तथा व्यवसायीले नेपाली तथा भारतिय चलचित्रको विशेष प्रदर्शनी गरि सिनेमा हलको शुभारम्भ गरेका थिए। 

    images
    images
    images

    भारतिय चर्चित चलचित्र आर आर आर को व्यासायिक प्रदर्शन शुरु भए पश्चात विगत एक वर्षमा यहाँ नेपाली, अंग्रजी र भारतिय गरि कुल ९२ वटा चलचित्रहरु प्रदर्शन भएका छन् भने हालसम्म १,१४,११५ जना दर्शकहरुले चलचित्रको मज्जा लिएको सञ्चालक महेन्द्र नारायण श्रेष्ठले जानकारी दिए । 
    विगत एक वर्षमा व्यावसायिक रुपमा यस हलका सबैभन्दा सफल चलचित्रको रुपमा नेपाली चलचित्रहरु कमशः कबड्डी ४, छक्का पञ्जा ४ र भारतिय चलचित्र के जि एफ २ रहेको उनले जानकारी दिए । 

    १९६ सिट क्षमताका दुईवटा अत्याधुनिक अडिटोरियम (कुल ३९२) सिट रहेको छ । यसको अत्याधुनिक काउन्टरमा विभिन्न ५७ प्रकारका अत्यन्तै स्वादिष्ट खाद्य तथा पेय पदार्थको मज्जा पनि लिन सकिने सिनेमा हलले जनाएके छ । 

    स्थापनाकाल देखिनै यस सिनेमाहलको व्यवस्थापनको जिम्मा नेपालकै दोश्रो ठुलो सिनेमा चेन व्यवस्थापक आईएनआई सिनेमाजले गर्दै आएको छ । यसले व्यवस्थापन जिम्मा लिएका सिनेमाहल बुटवल बाहेक काठमाडौं, पोखरा र चितवनमा पनि संचालनमा छन् ।

    बुटवलका प्रतिष्ठित व्यवसायीहरु महेन्द्र नारायण श्रेष्ठ, धन बहादुर खत्री, अमित रत्न बज्राचार्य तथा जनिज नारायण श्रेष्ठको सोच एवं संयुक्त लगानीमा संचालिनमा आएको हो । 

    वार्षिक उत्सवको अवसरमा आज १० गते चलचित्र हेर्न जाने सम्पूर्ण दर्शकहरुलाई विषेश उपहार तथा लक्की ड्र मार्फत गिफ्ट भाउचर जित्न सक्ने व्यवस्था गरिको सिनेमाले जनाएको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij