२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पूर्वप्रधानमन्त्री केपी ओलीद्वारा लुम्बिनी भ्रमण 

शनिवार , चैत्र ११, २०७९

भैरहवा, ११ चैत ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गरेका थिए ।

ओलीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजा गरे । उनले मायादेवि मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गरेका थिए । पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराइएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । 

पूर्वप्रधानमन्त्री ओलीले आफैले शिलान्यास गरेको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको समेत निरीक्षण गरे । उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेको समेत सहभागीता रहेको थियो । मुख्यमन्त्री गिरीलाई समेत कोषले स्वागत गरेको थियो ।