images

शुक्रवार, बैशाख १४ गते २०८१

भैरहवामा नयाँ वर्षको स्वागतार्थ सडक खाना महोत्सव हुँदै 

भैरहवामा नयाँ वर्षको स्वागतार्थ सडक खाना महोत्सव हुँदै 

images
images
images
आइतवार, चैत्र १२ २०७९
आइतवार, चैत्र १२ २०७९
  • भैरहवामा नयाँ वर्षको स्वागतार्थ सडक खाना महोत्सव हुँदै 

    भैरहवा, १२ चैत ।

    images

    नयाँ वर्ष २०८० को पूर्व संध्यामा भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्षको अवसरमा चैत ३० गते होटल व्यवसायीहरुको आयोजनामा सिद्धार्थ सडक खाना महोत्सव–२०७९ हुन लागेको हो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजना तथा भैरहवामा रहेका विभिन्न संघ–संस्थाको सहकार्यमा भैरहवास्थित देवकोटाचोकमा खाना महोत्सव हुने भएको हो ।

    पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि सडक खाना महोत्सवको आयोजना गर्न लागएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले जानकारी दिए । उनले आन्तरिक तथा बाह्य (भारतीय) पर्यटकलाई आर्कषित गर्नका लागि एकदिने सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताए । कोभिड–१९ पछि नेपाल तथा सीमा क्षेत्रको व्यवसाय प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रको पुर्नउत्थान गर्न उत्प्रेरित गर्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

    १ सय वटा स्टल रहने हुने उक्त महोत्सवमा तारे होटलजन्य ८ वटा, रेष्टुरेण्टजन्य ४० वटाका साथै थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरु रहने संगठनका महासचिव राजेश महोत्राले जानकारी दिए ।

    कार्यक्रममा स्थानीय कला संस्कृति, स्थानीय विद्यालय नृत्य, स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरुबाट प्रस्तुती तथा डिजे रहने संगठनका महासचिव महोत्राले बताए । महोत्सवमा भैरहवा आसपासका गाउँपालिकाहरुमा बसोबास गर्ने स्थानीयका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शकहरुको सहभागीता रहने महोत्राले बताए ।

    महोत्सवबाट कोभिड–१९ ले थला परेको पर्यटन व्यवसायलाई र विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक तरलतालाई थोरै भए पनि राहत पाउने, पर्यटक बढ्ने र समग्रमा बजार चलायमान बनाउने कार्य गर्ने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का उपाध्यक्ष रामचन्द्र रेग्मी, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली, लुम्बिनी प्रेस क्लब अध्यक्ष सम्झना शर्मा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश बेल्बासे लगायतले बोल्दै स्थान अभावमा यस्ता महोत्सव गर्न समस्या भइरहेको जनाउँदै स्थानीय, प्रदेश सरकारले ठाउँ व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनीहरुले खाना महोत्सवले भैरहवा क्षेत्रको पर्यटक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

    महोत्सवको सह-आयोजकमा सिद्धार्थनगर नगरपालिका, मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देही, संरक्षकमा चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र सल्लाहकार संस्थामा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही रहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij