images

शनिवार, बैशाख १५ गते २०८१

एभरेष्ट बैंकद्वारा लुम्बिनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकद्वारा लुम्बिनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images
images
images
सोमवार, चैत्र १३ २०७९
सोमवार, चैत्र १३ २०७९
  • एभरेष्ट बैंकद्वारा लुम्बिनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    भैरहवा, १३ चैत ।

    images

    एभरेष्ट बैंक लिमिटेडले मार्च २० देखि २६ (चैत ६ देखि १२ गते) सम्म विभिन्न कार्यक्रम गरी ग्लोबल मनि वीक–२०२३ मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनि वीक मनाएको हो ।

    सोही क्रममा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित बैंकको लुम्बिनी शाखाले पनि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । तेनुहवा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

    कार्यक्रममा बैंकका लुम्बिनी शाखा प्रमुख सन्दिप सापकोटा, सुरेन्द्र देशार, अमृत खनाल, सन्तोष प्रसाद ज्ञवाली, गणेश आचार्य लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमबाट विद्यार्थी जीवनदेखि नै पैसा बचत गर्न सिक्न, वित्तीय कारोबार बैंकबाटै गर्न र वर्तमान समयमा गरिने बचतले भविष्यमा आर्थिक सहयोग पुग्ने कुराबारे विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । विद्यार्थी जीवनदेखि वित्तीय कारोबार गरी वित्तीय ज्ञान, सीपमा वृद्धि गर्दै विवेकशील वित्तीय निर्माण गर्न सहयोग पुग्ने गरी विद्यार्थीहरुको वित्तीय क्षमताको अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको बैंकले जनाएको छ ।

    भारतको पन्जाब नेशनल बैंकसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यो बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६० एटीएमसहित विश्वव्यापी नेट्वोर्कबाट अत्याधुनिक मोबाईल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij