२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

मंगलवार , चैत्र १४, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १४ चैत । 
    महालक्ष्मी विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गर्न अनुमति पाएको छ ।
    बैंकले ४ लाख इकाई सर्वसाधारणका लागि र ६ लाख इकाई बैंक आफ्नै पहलमा गरी कुल प्रतिइकाई १ हजार रुपैयाँका दरले १० लाख इकाई ऋणपत्र विक्री गर्न लागेको हो । यसमा विक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ ।

    यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘महालक्ष्मी डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।