images

सोमवार, बैशाख २४ गते २०८१

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा ढिलाई, दक्ष जनशक्ति आउन नसक्दा उपकरण जडान प्रभावित

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा ढिलाई, दक्ष जनशक्ति आउन नसक्दा उपकरण जडान प्रभावित

images
images
images
मंगलवार, पौष २१ २०७७
मंगलवार, पौष २१ २०७७
  • गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा ढिलाई, दक्ष जनशक्ति आउन नसक्दा उपकरण जडान प्रभावित

    भैरहवा। बिश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण प्रभावित बनेको निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको कामले अझै गति लिन सकेको छैन्।

    कोरोनाको प्रभाव पुर्ण रुपमा नसकिएका कारण बिभिन्न बाह्य मुलुकबाट आउनु पर्ने दक्ष कर्मचारी आउन नसक्दा बिमानस्थलमा उपकरण जडानको काम प्रभावित भएको हो। राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको गौतमबुद्ध अनतराष्ट्रिय बिमानस्थलमा भौतिक निर्माणको काम सकिएको आयोजनाले जनाएको छ।

    आयोजना प्रमुख ई. प्रबेश अधिकारीका अनुसार भौतिक पुर्वाधार तर्फ मुख्य संरचना निर्माणको काम सकिएको छ। उपकरण जडान र त्यस पछि गर्नु पर्ने फिनिसिङका कार्य बाँकी रहेको उनको भनाई छ। सन २०२० को नयाँ बर्ष मनाउन चीन पुगेका अधिकांश दक्ष जनशक्ति कोभिडका कारण एक बर्ष बिति सक्दा पनि नेपाल फर्किएका छैनन्, जसका कारण बिमानस्थलमा उपकरण जडानको काम प्रभावित हुन पुग्यो आयोजना प्रमुख अधिकारीले भने चाईनाबाट आउने दक्ष जनशक्ति कहिले सम्म आउछन् भन्ने बिषय ४\५ दिन भित्रमा थाह हुन्छ।

    बिमानस्थल निर्माणको काम चिनिया कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ। कोरोनाका कारण लामो समयसम्म बिमानस्थललाई आबश्यक पर्ने उपकरण नेपाल आउन सकेको थिएन्। तर, पछिल्लो समय बिमानस्थलमा प्राय सबै उपकरणहरु आएपनि दक्ष जनशत्ति आउन नसक्दा उपकरण जडान र फिनिसिङको काम प्रभावित भएको आयोजना प्रमुख ई. प्रबेश अधिकारीले बताए।

    बिमानस्थलको टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट जडान गर्न र धावन मार्गका लागि आबश्यक पर्ने लाईट लगाएतका ९८ प्रतिशत उपकरणहरु बिमानस्थल आईपुगेको आयोजना प्रमुख अधिकारीले बताए। ती उपकरण जडान गर्ने दक्ष जनशक्ति भने कहिले सम्म आई पुग्ने हुन भन्ने अहिले सम्म पनि अन्यौलता रहेको प्रमुख अधिकारीले बताए।

    कोभिड कै कारण अहिले पनि दक्ष जनशक्ति आउन सकेका छैनन् आयोजना प्रमुख अधिकारी भने नेपाल आउनका लागि बिमानस्थल आउदै गरेको अबस्थामा उनीहरु सबार सवारी साधनमा कोभिड संक्रमित फेला परेका कारण केहि जनशक्ति चाईना स्थित एक बिमानस्थलमा क्वारेन्टाईनमा बसेका छन्।

    निर्माण कार्यको अन्तीम चरणमा रहेको बिमानस्थलको आयोजना प्रभावित बन्न पुगेको छ। टर्मिनल बिल्डिङ र रनवेमा जडान गर्नुपर्ने सबै उपकरण बिमानस्थल आईपुगेको भएपनि दक्ष जनशक्तिको अभावमा जडानको काम राकिएको छ।

    सबै उपकरण आइसकेपनि फर्ड लाइट, एक्सरे मेसिन, कन्भियर बेल्ट, धावनमार्गका लाइट, भिएमआर÷डीएमई सञ्चार उपकरण, एयर ट्राफिक कन्ट्रोल तथा मौसम पूर्वानुमान व्यवस्थापनका लागि आवश्यक उपकरण जडानको लागि चीन, अमेरिका, अष्ट्रिया, अष्ट्रेलिया, जर्मनी, युके, थाइल्याण्डका प्राविधिक आउनु पर्ने छ।

    विदेशी प्राविधिक जनशक्ति आउने प्रतिक्षामा रहेको बताउँदै अधिकारीले जनशक्ति व्यवस्थापन भएको २ देखि ३ महिनामा निर्माण सम्पन्न हुने जनाए। आयोजना प्रमुख अधिकारीका अनुसार आईसिबि १ र आईसिबि २ का लागि झण्डै ५५÷६० जना बिदेशी दक्ष कामदार फिल्डमा हुनु पर्नेमा अहिले ४\५ जना मात्रै रहेका छन्।

    कोभिडका कारण पाचौं पटक थप गरिएको म्याद भित्र पनि बिमानस्थल निर्माणको काम पुरा हुन सकेन। नेपाल नागरिक उड्डयन प्राधिकरणले चौथोपटक सन् २०२० को मार्च ३० सम्मका लागि म्याद थपेको थियो भने पाँचौ पटक २०२० डिसेम्बर ३० सम्मका लागि थप गरिएको थियो।

    ‘कोरोना भाइरसको असरले बिमानस्थल निर्माणको कामलाई निकै अप्ठेरो अवस्था पा¥यो।’–विमानस्थलका आयोजना प्रमुख अधिकारीले भने–‘अब विमानस्थल निर्माणको काम सम्पन्न भई सञ्चालनमा आउनका लागि अझै केहि महिना लाग्ने छ।’

    निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको समग्रमा ९४ प्रतिशत काम सम्पन्न भएको छ। विमानस्थलको एवर फिल्ड तर्फको ५६ र बिल्डिङ तर्फको ३८ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

    छैठौं पटक म्याद थपका लागि निवेदन

    पाँच पटक म्याद थप गरी सकेको विमानस्थलले निर्माण सम्पन्न गर्न नसकिएको भन्दै आयोजनाले छैठौं पटक म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको छ।

    गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजनाले निर्माण कम्पनीको म्याद थपको निवेदन आएपछि अहिले सम्मको प्रगति र बाँकी काम सम्पन्न गर्न लाग्ने समयलाई हेरेर म्याद थपको प्रक्रियामा रहेको बताईएको छ।

    म्याद थपबारे अहिलेसम्म निर्णय नआएपनि बिमानस्थल निर्माणको काम भने नरोकिएको  आयोजना प्रमुख अधिकारीले बताए। पछिल्लो पटक थप गरिएको समयाबधीमा कोरोनाका कारण बाह्य मुलुकका दक्ष जनशक्ति नेपाल आउन नसकेका कारणले आयोजना निर्मा(ा कम्पनीले म्याद थपका लागि निवदेन दिएको बुझिएको छ।

    ३१ डिसेम्बर २०१४ काम शुरु भएको यो आयोजनाको  पहिलो चरणको काम (आइसिबी–१)  ६ अर्ब ८२ करोड लागतको हो । विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ । त्यस्तै, आइसिबी–२ अन्तरगत विमानस्थलमा जडान हुने उपकरणहरूका लागि पनि करिब ५० करोड लगानी छ । 

    सरकारले सन २०१४ को नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो । ३१ डिसेम्बर २०१४ काम शुरु भएको बिमानस्थल निर्माणको काम सम्झौता अनुसार सन २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी एक’ अन्तर्गतका भौतिक पूर्वाधारको सबै काम सक्नुपर्ने थियो ।

    तर, बिभिन्न कारणले निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०२० को डिसेम्बर सम्ममा ठेकेदार कम्पनीले निर्माणको काम सक्ने गरी म्याद थप गरेको थियो। सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी–एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो।

    चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसन कन्स्ट्रक्सन ग्रुपले ५ औँ पटक थपिएको म्यादअवधिमा समेत काम सम्पन्न गर्न नसकेपछि छैठौं पटक म्याद थप्ने तयारी भइरहेको छ। दुई सञ्चार उपकरणको जिम्मा पाएको एरोथाई कम्पनीले पनि काम सम्पन्न गर्ने गरी म्याद थपका लागि निवेदन दिएको छ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij