images

शनिवार, बैशाख ८ गते २०८१

एफइसी सहकारीद्वारा स्वास्थ्य सचेतना कार्यक्रम

एफइसी सहकारीद्वारा स्वास्थ्य सचेतना कार्यक्रम

images
images
images
बिहिवार, चैत्र १६ २०७९
बिहिवार, चैत्र १६ २०७९
  • एफइसी सहकारीद्वारा स्वास्थ्य सचेतना कार्यक्रम

    बुटवल, १६ चैत ।
    एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुरको आयोजनामा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । सहकारी दिवसको अवसरमा सामाजिक सामुदायिक कार्यक्रमअन्तर्गत एफइसी सहकारीले मुटु तथा महिला रोगसम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रम गरेको संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. राजेश पन्जियारले स्वस्थ मुटु र मुटुरोगबाट बच्ने उपायका बारेमा सहजीकरण गरेका थिए भने सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलमा कार्यरत स्त्री तथा महिला रोग विशेषज्ञ डा. राजेन्द्र बस्यालले स्त्रीरोग सम्बन्धी जानकारी र उपचार विधिका बारेमा सहजीकरण गरेका थिए ।

    सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए । त्यस्तै उपाध्यक्ष जेपी कंडेल, सचिव निरज कंडेललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । संस्थाका सञ्चालक सदस्य बेदप्रसाद कंडेलको संयोजकत्वमा भएको कार्यक्रममा करिब ३ सय जनाको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij