२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

देशभक्त लोकतन्त्र पार्टीका जिल्ला अध्यक्षसहित ३१ जना राप्रपामा प्रवेश

मंगलवार , पौष २१, २०७७

भैरहवा, २१ पुस । 
देशभक्त लोकतन्त्र पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य सुरेन्द्र केवटसहित ३१ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । मंगलबार राप्रपाले आयोजना गरेको विस्तारित जिल्ला बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरी ३१ जना राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

राप्रपामा प्रवेश गर्नेहरुमा ओमसरन चौधरी, ईन्द्र कमल मौर्या, विन्दाचल मौर्या, अनिल हरिजन, नन्दकिशोर बरई, एकेन्द्रनाथ शुक्ला, बृजमोहन लोध, शिवसागर यादव, बैजनाथ बरई, जयराम कोहार, ओमप्रकाश चौधरी, जंग बहादुर नाउ, वेद प्रकाश उपाध्याय, उमेश कुर्मी, धु्रवनारायण यादव, रामप्रसाद बरई, मोहम्मद मुर्तजा, महेन्द्र बरई, कल्लन बरई, अनिश खान, नेत्र बहादुर दर्लामी, बसन्त गुरुङ, टिसु यादव, रामवृक्ष यादव, कृष्ण प्रसाद गौतम, सञ्जय कलवार, धिरज मिश्रा, मुन्नु खान, सन्तराम प्रसाद लोध र रामप्रसाद यादव (श्रीराम) रहेका छन् ।

कार्यक्रम लाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले संसद विघटन गर्ने कार्य प्रजातान्त्रिक कदम नभएको बताए । उनले राप्रपाले निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय पर्खिरहेको बताए । नेता बोहराले हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डामा अगाडी बढ्दै राप्रपा निर्वाचनको तयारीमा लाग्ने बताए । राप्रपा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता तथा युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।