images

शनिवार, बैशाख ८ गते २०८१

सन्दर्भ : राष्ट्रिय सहकारी दिवस र सहकारीको दिगोपना

सन्दर्भ : राष्ट्रिय सहकारी दिवस र सहकारीको दिगोपना

images
images
images
सोमवार, चैत्र २० २०७९
सोमवार, चैत्र २० २०७९
  • सन्दर्भ : राष्ट्रिय सहकारी दिवस र सहकारीको दिगोपना

    नेपालको पहिलो सहकारीको रूपमा बखानपुर ऋण सहकारीको स्थापना भएको दिनको स्मरणस्वरूप हरेक वर्षको चैत २० गतेलाई नेपालमा राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउने प्रचलन रहँदै आएको छ । राष्ट्रिय सहकारी दिवसका माध्यमबाट समस्त सहकारीकर्मीहरुलाई ऐक्यबद्ध गराउँदै र आम जनसमुदायमा सहकारीका बारेमा जनचेतना अभिवृद्धि गराउने, सरोकारवाला निकाय तथा राज्यलाई सहकारीको महत्व तथा उपादेयताको बारेमा थप जानकारी र उनीहरुको भूमिका आत्मबोध गराउँदै अझ बढी जिम्मेवार ढंगले अगाडी बढ्नका लागि सहयोग पुग्ने अपेक्षा गर्न थालिएको आज ६६ वर्ष पुगेको छ । विभिन्न समय सान्दर्भिक रुपमा राष्ट्रिय सहकारी दिवसको नारा तय गर्नेअनुरुप यस वर्ष ६६ औ राष्ट्रिय सहकारी दिवसको नारा सहकारीताको दिगोपना स्वनियमन र सुशासन तय गरेको छ ।

    images
    images
    images

    कोरोना माहामारी तथा रुस युक्रेन युघबाट सृजित विश्व अर्थतन्त्रमा देखिएको समस्याले राज्यका आर्थिक पाटाका तीन खम्बाहरु सरकार, निजी क्षेत्र मात्रै होइन सहकारी क्षेत्र पनि अछुतो रहन सकेन । सञ्चालकहरुको कमीकमजोरी, राज्यका नीतिमा भएका कमीकमजोरी तथा सहकारीमा राजनीतिकरण तथा नियामक निकायको अनुगमनमा उदासिनता लगायतका कारण यस वर्ष धेरै सहकारीहरुमा समस्या देखिए र कतिपयले सदस्यहरुले बचत गरेको बचत रकम समेत फिर्ता गर्न नसकेको र बन्द भएको विद्यमान प्रतिकुल अवस्थालाइ आत्मसाथ गदै यस वर्ष राष्ट्रिय सहकारीको दिवसको नारा सहकारीताको दिगोपन, स्वनियमन  र सुशासन राखिएको बुझ्न सकिन्छ । आगामी दिनमा सबै सहकारी सञ्चालक र सरोकारवाला निकायहरुले यही तय गरेको नारा र भावनाअनुरुप कार्य गर्न प्रेरित गरोस् र आगामी वर्ष ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीहरुमा हाल देखिएका समस्या समाधान भएको हेर्न पाइयोस् । सबैमा शुभकामना ।

    बजार केन्द्रीत अर्थतन्त्रका कारण आयको वितरण न्यायोचित नहुँदा समाजमा असमानता, असन्तुष्टी सिर्जना भएका कारण विभिन्न राष्ट्रहरुमा समस्या देखिए तथा देखिएका छन् । भने यसप्रकारको नीतिका कारण आर्थिक रुपमा हुने खाने र गरी खानेबीच ठूलो खाडल पैदा गरेको छ । त्यसैले उत्पादन र बजारीकरणमा स्थानीय समान्य नागरिक र विशेष गरी निम्न र मध्यम आए भएका समुदायको सहभागिता सुनिश्चित गर्न सहकारी एउटा पूरक र महत्वपूर्ण पाटाको रुपमा हेरिएको छ । समाजमा जातीय, लैंगिक, भौगोलिक लगायत बहुआयामिक असमानता रहने र तिनलाई न्यूनीकरण गर्नमा सहकारी एक उपयुक्त औजार हो भने सशक्तिकरणको मुद्दालाई सम्बोधन गर्दै उपलब्धीमूलक बनाउनका लागि समुदायमा पछि परेका र पारिएकाहरुलाई संगठित गरेर मात्र सम्भव हुन्छ भन्ने अभियानका साथ सहकारीका माध्यमबाट उत्पादन, प्रशोधन र सामुदायिक गतिविधिमा सबलीकरणका साथै आयआर्जन, गरीबी निवारणका लागि समेत सशक्त माध्यम बन्न सक्ने सामथ्र्य राख्छ सहकारीले भन्ने बुझ्न जरुरी छ ।

    विशेष गरी सहकारीका माध्यमबाट समाजमा पछि परेका समुदायलाई समेटेर सहकारीको प्रवद्र्धन गर्न पहिलो प्राथमिकता राखेर अगाडी बढ्ने सहकारीको उद्देश्य हो । खास गरी औद्योगिक विकासका लागि दिगो पुँजी निर्माण आवश्यक हुने, स्वदेशी पुँजी निर्माणका माध्यमबाट आर्थिक विकासका योगदान पुर्याउनका लागि स्थानीयस्तरमा छरिएर रहेको पुँजी संकलन र पुँजी निर्माणको बानी बसाल्ने कार्यमा सहकारी संस्था भरपर्दो माध्यमा हुनुपर्दछ । तर कताकता नेपालको सहकारी आन्दोलन, अभियान र सञ्चालन माथि उल्लेख गरिएका उद्देश्यहरुबाट विचलनसहित चल्दै छ ? की भन्ने आभास हिजोआज विशेष गरी बचत तथा ऋण सम्वन्धित सहकारीहरुमा देखिएको समस्याबाट आभास हुँदैछ । भने सहकारी भनेको बचत तथा ऋण सहकारी मात्रै नभएर उत्पादन, प्रशोधन सेवा प्रवाह, बजारीकरण र उत्पादकत्व वृद्धि पनि हो भन्ने बुझाइ बुझाउन नसक्नु र सोहीअनुसार कानून बनाउन नसक्नु राज्य सञ्चालकहरुको कमी हो भन्दा अनुउपयुक्त नहोला । नत्र संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्रको लेख्नेहरुले साच्चै समाजवाद उन्मुख अर्थतन्त्रलाई हासिल गर्ने हो भने सहकारी एउटा भरपर्दो पाटो भन्ने विषय आजका दिनमा बुझ्न जरुरी छ । भने सहकारी संस्था खासगरी स्थानीय समुदायको सहभागितामा स्थापना भइ बचत परिचालन गर्दै आर्थिक एवं सामाजिक कार्यका लागि आवश्यक पर्ने वित्तीय खाँचो पूरा गर्न स्थापित भएका हुन्छन् । सोको क्रमिक विकासको परिणामस्वरुप स्थानीय श्रम तथा सीपको उपयोग गरी उत्पादन अभिवृद्धि गर्नका लागि पूँजी निर्माणको कार्य पनि यसको कार्यक्षेत्रभित्र पर्दछ ।

    बचत तथा ऋण सहकारी संस्थाहरुमा देखिएको कारोबारका प्रवृत्तिहरुबाट सृजित समस्याका कारण सबै सहकारीहरु नराम्रा छन् भन्ने आम बुझाइबाट सहकारीहरुलाई बचाउनुपर्ने आजको आवश्यकता हो ।  

    केही संस्थामा देखिएको संस्थागत सुशासनको उल्लंघनको परिणामस्वरुप धेरै सर्वसाधारणको बचत रकम जोखिममा परेको अवस्थालाई सम्बोधन गर्दै सहकारी अभियानलाई सुदृढ गर्न सहकारी संस्थाहरु स्वनियममा आधारित भई सञ्चालित हुनका लागि यसका सञ्चालक र शेयर सदस्यहरुबाट सजगतापूर्वक निरन्तर निगरानी गर्नु आवश्यक छ । त्यसै गरी नियमनकारी निकायले निरीक्षण तथा सुपरीवेक्षण कार्यमा विशिष्टीकृत निकायको स्थापना वा सहकार्यका माध्यमबाट सहकारी संस्थाहरुलाई सुदृढ गराउँदै सहकारीहरुको दिगोपनामा विशेष ध्यान दिनु जरुरी देखिएको छ ।

    सहकारीको प्रभावकारी सञ्चालनका्े व्यवस्था गर्न सहकारी ऐन २०४८, राजनीतिक परिवर्तन पछि सो मा परिमार्जन गर्दै सहकारी ऐन २०७४ लागू गरिएको छ । तर त्यसको प्रभावकारी कार्यान्वयन र देखएका समयानुकुल संशोधन हुन नसक्नु, बचत तथा ऋण सहकारी र सहकारी बैंकको लागि आवश्यक ऐन नहुनु, सहकारीमैत्री आर्थिक वातावरणका लागि सरकारको प्राथमिकता एवं राष्ट्रिय सहकारी विकास बोर्ड स्थापनाको मर्मअनुरुप प्रभावकारी हुन नसक्नु, संस्थागत संयन्त्रको प्रभावकारीताले सहकारी आन्दोलनलाई अघि बढाउन नसक्नु, सहकारी आन्दोलन आर्थिक विकासको माध्यमको रुपमा स्वीकार गरी आम नागरिकको समुन्नतिको संंवाहकका रुपमा अघि बढाउन नसक्नु, सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्न पर्याप्त प्रयासको कमी हुनु, ठूला बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन, निरीक्षण र सुपरीवेक्षणको कमीले मुलुकको वित्तीय प्रणालीमा नीहित जोखिम बढदै जानु जस्ता समस्याहरू सहकारी क्षेत्रमा छन् जसले गर्दा कताकता त्यसको प्रभावकारीतामा प्रश्न उठ्ने गरेको त्यसमा सुधार गर्नु आवश्यक छ ।

    सहकारी क्षेत्र राज्य, निजी क्षेत्रको प्रतिष्पर्धी नभई परिपूरक मात्र हो भने  राज्यद्वारा प्रदान गरिने वितरणलाई तल्लो तहसम्म पुर्याउन सहकारीमार्फत गर्नु उपयुक्त माध्यम भएका कारण होस वा सरकार/राज्य जान नसक्ने तथा निजी क्षेत्रले व्यापक र छिटौ प्रतिफल खोज्ने मनस्थितिका कारण जान नचाहने क्षेत्र  सोबाट सिर्जित खाडल सहकारीले पूरा गर्न सक्छ । स्थानीयस्तरमा साना तथा मझौला औद्योगिक उत्पादनमा सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदा सहकारी नेपालको लागी अपरिहार्य नै हो ।

    त्यसैले राष्ट्रिय योजना आयोगका दस्तावेज, वार्षिक नीति तथा कार्यक्रमसमेत सहकारीको भूमिका र योगदानलाई महत्व दिँदै सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रको एकीकृत प्रयासबाट मात्रै समृद्ध अर्थतन्त्रको निर्माण गर्न सकिन्छ भन्ने आत्मसाथ र यी तीन स्तम्भहरुको प्रभावकारी समन्वयले आर्थिक विकासमा योगदान पुग्छ भन्ने आदर्श र बुझाइलाई प्रभावकारी कार्यान्वयनमा देखिएका विभिन्न प्रकारका चुनौती र समस्याहरुलाई समाधान गर्दै सहकारीताको दिगो विकासका लागि अगाडी बढ्न आजको ६६ औं राष्ट्रिय सहकारी दिवसले सरोकारवाला सबैमा प्रेरणा प्रदान गरोस् । जय सहकारी ।

    (लेखक श्रीनगर बचत तथा ऋण सहकारी संस्था भैरहवा, रुपन्देहीका उपाध्यक्ष हुन् ।)

                                                      

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij