२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

अवैध कुखुरा बरामद

मंगलवार , पौष २१, २०७७

भैरहवा, २१ पुस । 
भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी निकासी गरी ओसारपोसार गर्दा प्रहरीले कुखुरा फेला पारी बरामद गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ रमवापुरबाट मंगलबार एक सय गोटा बोइलर कुखुरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेकपोष्ट बेलहिया रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए ।